रसुवागढी सडक १३ दिनदेखि ठप्प, कहिले आउँछ सञ्चालनमा ?
सारांश
- भोटेकोशीमा आएको बाढीले स्याफ्रुबेसी-रसुवागढी सडक १३ दिनदेखि बन्द छ, र पुनर्निर्माणमा अझै दुई साता लाग्ने अनुमान छ।
- सडकको विभिन्न खण्डमा बाढीले क्षति पुर्याएको छ, जसले गर्दा मर्मतमा कठिनाइ भइरहेको छ।
- चीनले बेलिब्रिज जडान गरिरहेको छ, र भदौको तेस्रो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ।
काठमाडौँ । बाढीले पुनः क्षति गरेको स्याफ्रुबेसी–रसुवागढी सडक १३ दिनदेखि ठप्प छ । चीनतर्फबाट भोटेकोसीमा आएको बाढीले बिगारेको यो सडक पुनर्निर्माण सम्पन्न गर्न अझै दुई साता लाग्ने देखिएको छ ।
सडकको विभिन्न खण्डमा बाढीले ठुलै क्षति गरेकाले तत्काल पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन नसकिने देखिएको स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार यही साउन १४ गते चीनबाट दोस्रो पटक भोटेकोशीमा आएको बाढीले पहिलेभन्दा धेरै क्षति गरेको छ । करिब दुई किलोमिटर सडकमा क्षति पुगेको छ । गत असार २४ गते आएको बाढीले उक्त सडक १.१ किलोमिटरमा क्षति पुगेको थियो । १३ दिनको मर्मतपछि साउन ४ गतेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।
पूरै सडक नदीले कटान गरेकाले मर्मत गर्न कठिन भइरहेको आयोजनाका सब–इन्जिनियर रुपनारायण पौडेलले बताए ।
‘पूरै बाटो नदीले कटान गरेकाले ट्रयाक नै छैन । धेरैजसो ठाउँमा हिँड्न नि अप्ठेरो छ । ट्रयाक नै खन्नुपर्ने हुन्छ, खोँच धेरै गहिरो भएकाले वालहरू लगाउन पनि सम्भव छैन । बाटो धेरै ठाउँमा भत्किएको अवस्था छ,’ उनले भने, ‘अब बढीमा दुई हप्तासम्ममा खुलाउन सकिन्छ कि भन्ने हाम्रो अनुमान छ । तर त्योभन्दा पहिला नि हुन सक्छ ।’
यो सडक खुलाउन एक्स्काभेटरलगायत तीन वटा उपकरण परिचालन भइरहेको छ । बाढी आउनुअघि टिमुरे नाका साइडबाटै मर्मत भइरहेको छ । उपकरणमा आवश्यक इन्धन स्याफ्रुबेंसी साइडतिरबाट लैजानुपर्ने भएकाले पुनर्निर्माणमा ढिलाइ भइरहेको उनको भनाइ छ ।
मलाङ मुलुङको करिब १००–१५० मिटर खण्डमा कडा खालका चट्टान पर्छन् । टिमुरे बजारभन्दा माथि स्याफ्रुबेंसीं साइडतिर पनि १००–१५० मिटर सडकमा क्षति पुगेको छ । यता घट्टे खोलाकै नजिकै पनि ठाउँठाउँमा सडक त्यस्तै छ । तातोपानी डाँडा, फ्युङलुङ र लिङलिङ भन्ने ठाउँमा नदीले सडक कटान गरेको छ ।
‘बाढी आउनुअघि एक्स्काभेटरलगायत उपकरण टिमुरे नाकामा थिए । अहिले सडकमा क्षति पुगेपछि साइडतिरबाट बाटो खुलाउँदै आइराखेकै छौँ, बोकेर इन्धन ल्याउँदा ढिलाइ भइरहेको छ,’ पौडेलले भने ।
उनका अनुसार मलाङ मुलुङ, घट्टेखोला, तोतोपानी डाँडा र फ्युङलुङलगायत स्थानका सडक नदीले कटान गरेकाले मर्मतमा कठिनाइ भइरहेको छ । मलाङ मुलुङको करिब १००–१५० मिटर खण्डमा कडा खालका चट्टान पर्छन् । टिमुरे बजारभन्दा माथि स्याफ्रुबेंसीं साइडतिर पनि १००–१५० मिटर सडकमा क्षति पुगेको छ । यता घट्टे खोलाकै नजिकै पनि ठाउँठाउँमा सडक त्यस्तै छ । तातोपानी डाँडा, फ्युङलुङ र लिङलिङ भन्ने ठाउँमा नदीले सडक कटान गरेको छ ।
‘यी खण्डमा हिँड्न मात्र मिल्छ, गाडीहरू जान सक्दैनन्,’ पौडेलले भने, ‘एक हप्तामा आधाभन्दा बढी खुल्छ । एक–दुई ठाउँको अलिक जटिल भएकाले त्यसलाई अलिकति टाइम लाग्छ भन्ने मात्रै कुरा हो ।’
अब धेरैजसो खण्ड एक हप्तामा बन्ने र मोटरसाइकलहरू लैजान मिल्ने उनले बताए । भने, ‘गाडीहरू पास गर्न १० दिन जति लाग्छ ।’ मर्मतको काम छिटो गर्न नसके पनि काम भने नियमित भइरहेको उनको भनाइ छ ।
रसुवागढीमा बेलिब्रिज जोड्न फाउन्डेसन निर्माण गरिँदै
गत असार २४ गते आएको बाढीले नेपाल–चीन जोड्ने रसुवागढीस्थित मितेरी पुल बगाएको थियो । उक्त पुल बगाएको स्थानमा चीन सरकारले बेलिब्रिज जडान कार्य गरिरहेको छ । उक्त पुल जडानका लागि अहिले फाउन्डेसन निर्माण भइरहेको सब–इन्जिनियर पौडेलले जानकारी दिए ।
‘चाइना सरकारले बेलिब्रिज जडानको काम गरिरहेको छ,’ पौडेलले भने, ‘भदौको तेस्रो साताभित्र सकिने लक्ष्यसहित बेलिब्रिज जडान भइरहेको छ । बाढी आएन भने भदौ २० गतेपछि सञ्चचालनमा आउँछ ।’
चीनले दुई महिनाभित्र बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउनुका साथै चाडपर्वलक्षित वस्तु आपूर्ति सहज बनाउने प्रतिबद्धता जनाएको छ ।
गत साउन ४ गते नेपालस्थित चिनियाँ राजदूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत बेलिब्रिज जडान भइरहेको जानकारी गराएको थियो । यस्तै साउन ११ गतेदेखि आधिकारिक रूपमै बेलिब्रिज निर्माण थालिएको जानकारी गराएको थियो ।
साउन १० गते रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल नेतृत्वको टोलीले निर्माणस्थलको अवलोकन गरेलगत्तै चिनियाँ समकक्षीसँग भर्चुअल बैठक गरेको थियो । सोही बैठकमा चिनियाँ पक्षले नेपाल सरकारसँगको समन्वयमा साउन ११ गतेदेखि निर्माण थाल्ने आधिकारिक जानकारी दिएको थियो ।
चीनले दुई महिनाभित्र बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउनुका साथै चाडपर्वलक्षित वस्तु आपूर्ति सहज बनाउने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण