अपडेट
प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
बुधबार, २८ साउन २०८२, १० : ४७
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
- प्रधानमन्त्री ओलीले विदेश भ्रमण र समसामयिक राजनीतिका बारेमा धारणा राख्नेछन्।
- ओली एलएलडिसी सम्मेलनमा भाग लिन तुर्कमेनिस्तानको अवाजा गएर फर्किएका थिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिए ।
प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण र समसामयिक राजनीतिका बारेमा धारणा राख्ने बजगाईँले जानकारी दिए ।
प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा गएर फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण