अब आयो तिज ! विष्णु माझीको नयाँ गीतमा के छ ?
सारांश
- गायिका विष्णु माझीको तीज गीत 'म त नराउरी' सार्वजनिक भएको छ, जसले चर्चा बटुलेको छ।
- गीतले नेपाली महिलाको जीवनका विभिन्न पाटो, सपना, संघर्ष र पीडालाई प्रस्तुत गरेको छ।
- गीतमा माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ, जसमा ललिता पौडेलको अभिनय रहेको छ।
काठमाडौँ । गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक हुनेबित्तिकै यसको चर्चा सुरु भएको छ । उसो त तिज नजिकिँदै जाँदा उनको गीत कहिले आउँछ भन्ने सोधीखोजी पनि उस्तै भएको थियो । अन्ततः बुधबार सो प्रतीक्षा पूरा भएको छ ।
गीत सार्वजनिक भएको २ घण्टामै युट्युबमा १८ हजारभन्दा बढी लाइक र २३०० भन्दाबढी कमेन्ट आइसकेको छ ।
गीत सार्वजनिक भएसँगै युट्युबमा एक शुभेच्छुकले लेखेका छन्, ‘दिदीको गीत आएपछि बल्ल तिज लागेझैँ भयो ।’ ती शुभेच्छुकले मात्रै होइन, उनको गीतलाई धेरैले सेयर गर्दै सकारात्मक टिप्पणी गरिरहेका छन् ।
गीतमा के छ ?
माझीको गीतले गीतले नेपाली समाजमा, विशेषगरी ग्रामीण क्षेत्रमा, एक महिलाको जीवनका विभिन्न पक्ष, उसका सपना, संघर्ष, पीडा र जिम्मेवारीलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
गीतको सहारामा नेपाली महिलाहरूको त्याग, सहनशीलता र उनीहरूले भोग्नुपरेको यथार्थको चित्रण गरिएको छ। यसैगरी भिडियोले गीतको भावलाई अझ गहिरो पनि बनाएको छ। यसले दुई फरक संसारलाई एकैसाथ देखाएको छ । जसमा तिजको रमझम, रातो हरियो सारीमा सजिएका महिलाहरूको नाच, रमाइलो र उत्सवको माहौल देखाइएको छ ।
यस्तै अर्को वास्तविकताको संसार देखाइएको छ । जहाँ गरिबी, श्रीमानको दुर्व्यवहार, गर्भवती अवस्थामा पनि गर्नुपर्ने कठोर परिश्रम र छोराछोरीको भविष्यप्रतिको चिन्ता सजिव ढंगले प्रस्तुत गरिएको छ । गीतले परम्परागत तिज गीतको बहानामा महिलाहरूले वर्षभरि भोग्ने दुःख र पीडालाई समेत उजागर गरेको छ।
‘म त नराउरी, आम्मै, म त नराउरी’ गीतको मूल बोल हो । तर, समग्रमा भने ‘आमा, म खराब छैन, मैले आफ्नो कर्तव्य पूरा गरेकी छु, म असल बुहारी या श्रीमती हुँ’ भन्ने सन्देश दिइएको छ । गीतमार्फत नेपाली महिलामाथि हुने हिंसा, गरिबीको चक्र, छोरीहरूको शिक्षा र सपनामा पर्ने असर र परम्पराको नाममा महिलाले भोग्नुपर्ने मौन पीडाहरूलाई सफलतापूर्वक पर्दामा उतारिएको छ ।
गीत ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो । गीतमा माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।
गीतको भिडियोमा गत वर्षकै गीत ‘आइनँ आमा यो तिजमा’की मोडल ललिता पौडेलको अभिनय छ भने भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण