स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दलीय भागबन्डा : चार उपकुलपति नियुक्त
काठमाडौँ । सरकारले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटा प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्राडा विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा.पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा बुद्धि पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.भरत खत्री उपकुलपति नियुक्त भएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा.भक्त केसीका अनुसार बुधबार प्रधानमन्त्री ओलीबाट नवनियुक्त उपकुलपतिहरूले नियुक्तिपत्र बुझेका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको संयोजत्वमा असार ४ गते सर्च कमिटी गठन गरिएलगत्तै उपकुलपतिका लागि आवेदन आह्वान गरिएको थियो । त्यसका लागि ५५ वटा आवेदन परेको थियो ४५ जनाबिच प्रतिस्पर्धा भएको थियो ।
मन्त्री पौडेलको संयोजकत्वमा बनाइएको समितिमा स्वास्थ्य सचिव डा.विकास देवकोटा, राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा सदस्य रहेका थिए ।
कुन दलको भागमा को परे ?
सत्तारुढ दलहरूले उपकुलपतिहरूको नियुक्ति राजनीतिक भागबन्डाका आधारमा गरेका छन् । नेकपा एमालेको भागमा पाटन र पोखरा स्वास्थ्य विज्ञान परेको छ भने बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाली कांग्रेसको भागमा परेको छ ।
पौडेल र खत्री नेकपा एमाले निकट हुन् । त्यस्तै कर्णाली र वीपी स्वास्थ्य प्रतिष्ठान कांग्रेसको भागमा परेको छ । श्रेष्ठ र रोकाया नेपाली कांग्रेस निकट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण