मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैंकिङ कसुर र विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, २८ साउन २०८२, १२ : ४०
बुधबार, २८ साउन २०८२

सारांश

  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ परेका छन्।
  • विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी भक्तपुरबाट पक्राउ परेका छन्।
  • दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला पठाइएको छ।

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका ३८ वर्षीय प्रदेश विक्रम थाम्सुहाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत मोरङबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-११ थापाथलीबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ । 

त्यसैगरी, विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-९ जेला बस्ने २७ वर्षीय सुमन त्योछिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौँको २०८० असार १९ गतेको फैसलाले उक्त मुद्दामा १ महिना १५ दिन कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-९ जेलाबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप