‘माइतीघर’को शीर्ष गीतमा नृत्य प्रतियोगिता, विजेतालाई ५ लाख पुरस्कार
सारांश
- फिल्म 'माइतीघर' असोज १३ गते रिलिज हुँदैछ, जसको प्रचार प्रसारका लागि देशभर पोस्टर र होर्डिङ बोर्ड राखिएको छ।
- फिल्मको शीर्ष गीतमा नृत्य प्रतियोगिता आयोजना गरिएको छ, जसमा उत्कृष्ट हुनेलाई ५ लाख नगद पुरस्कार दिइनेछ।
- मिलन तामाङ निर्देशित फिल्ममा धिरज मगर, केदार घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । दसैँको फूलपातीको अवसर पारेर असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म हो ‘माइतीघर’ । फिल्मको प्रचार प्रसारका लागि देशभरका हलमा ठुला ठुला पोस्टर राखिएको छ ।
देशका विभिन्न स्थानमा होर्डिङ बोर्ड राखिएको छ । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै पनि कमी नगर्ने घोषणा समेत गरेका छन् ।
यसैबिच, यो फिल्मको शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ गीतमा नृत्य प्रतियोगिता राखेको छ । यो गीतमा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समूहलाई ५ लाख नगद पुरस्कार घोषणा गरिएको छ । प्रतियोगीताका लागि यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्म भिडियो बनाएर ओएसआर डिटिजलको मेल आइडी पठाउनुपर्नेछ ।
ती भिडियोहरू ओएसआरको युट्युब, फेसबुक र टिकटक एकाउन्टबाट सार्वजनिक हुनेछ । सार्वजनिक भिडियोमध्येबाट सर्वाधिक धेरै भ्यूज आउने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई छनोट गरेर ५ लाख नगद पुरस्कार दिइने फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले बताए ।
गीतमा भारतीय गायिका सञ्जीवनीको स्वर छ । निर्माणपक्षले असोजको १२ गते उत्कृष्ट भिडियो बनाउने व्यक्ति वा समूहको नाम घोषणा गर्ने र पुरस्कार प्रदान गर्ने बताएको छ ।
मिलन तामाङको निर्देशनमा बनेको यो फिल्ममा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरूको अभिनय छ ।
चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको डोआपी, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन यो फिल्ममा छ ।
रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण