तीन ठेकेदारलाई कारबाहीको चेतावनी
सारांश
- सडक विभागले हुलाकी राजमार्ग निर्माणमा ढिलाइ गर्ने तीन ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ।
- मोरङ खण्डको काम ६ वर्षदेखि अलपत्र परेपछि सांसदको दबाबमा विभागले ठेक्का तोड्ने चेतावनी दिएको हो।
- श्रेष्ठ कन्स्ट्रक्सनले १५ दिनभित्र काम सुरु गरी सडक सुचारु गर्नुपर्नेछ, अन्यथा ठेक्का रद्द हुनेछ।
विराटनगर । हुलाकी राजमार्गका विभिन्न खण्ड निर्माणको जिम्मा लिएका तीन ठेकेदार कम्पनीलाई सडक विभागले सम्झौताअनुसार काम नगरेको भन्दै स्पष्टीकरण सोधेको छ ।
विशेषगरी मोरङ खण्डको काम अलपत्र परेपछि सांसदहरूको दबाबमा एक ठेकेदारसँग काम तत्काल सुचारु गर्ने सहमति भएको भोलिपल्ट विभागले ठेक्का तोड्ने चेतावनीसहित सूचना जारी गरेको हो ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले बुधवार सार्वजनिक सूचनामार्फत मोरङको कटहरी–रामचोक–हाटखोला खण्डको जिम्मा लिएको श्रेष्ठ कन्स्ट्रक्सन प्रा.लि., सुनसरीको इनरुवा–कप्नानगञ्ज खण्डको ठेक्का पाएको गौरी पार्वती–देव र श्यार भूमि, जेभी तथा सप्तरीको बारदह बलान खण्डको शर्मा–बञ्जरा–लोहनी र ब्रदर्श जेभीलाई १५ दिनभित्र ठेक्का किन रद्द नगर्ने भनी स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
यो प्रक्रिया, मोरङको कटहरी खण्डको काम ६ वर्षदेखि अलपत्र परेपछि सांसद अमनलाल मोदीले संघीय संसदमा अनसन बस्ने चेतावनी दिएपछि अघि बढेको हो । सोही दबाबपछि मंगलबार काठमाडौंमा सडक विभागका महानिर्देशक, आयोजना निर्देशक र श्रेष्ठ कन्स्ट्रक्सनका प्रतिनिधिबिच बसेको बैठकले तत्काल काम अघि बढाउने लिखित सहमति गरेको थियो ।
सहमतिअनुसार श्रेष्ठ कन्स्ट्रक्सनले चार दिनभित्र काम सुरु गरी १५ दिनमा सडकमा दुईतर्फी गाडी सहज रूपमा चल्न सक्ने बनाउनुपर्नेछ । यसका लागि तत्काल दुई वटा रोलर, दुई वटा ग्रेडर र ७ देखि १० वटा टिपरसहित कामदार खटाउने र तोकिएको समयमा काम सम्पन्न नभएमा ठेक्का सम्झौता स्वतः अन्त्य हुने सर्तमा ठेकेदार पक्षले हस्ताक्षर गरेको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने मोरङको यो ६ किलोमिटर खण्डको अवस्था अत्यन्त दयनीय छ । २०७६ सालमा ७७ करोडमा ठेक्का लिएको कम्पनीले ६ वर्षमा जम्मा २३ प्रतिशत मात्रै काम गरेको छ । सडक हिलाम्मे भएर हिँडडुलमै समस्या भएपछि केही दिनअघि स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका थिए । योजना कार्यालयका प्रमुख युवराज पोखरेलले मंगलबारको सहमति कार्यान्वयनका लागि नै बुधवार स्पष्टीकरण सोधिएको बताएका छन् । सांसद मोदीले सहमतिअनुसार काम नभए ठेक्का रद्द हुने र कुनै बहानाबाजी नचल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण