शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले बैठकमा सरकारका कामको चर्चा, सुशासन प्रवर्द्धन प्रमुख लक्ष्य

बुधबार, २८ साउन २०८२, १६ : ०५
बुधबार, २८ साउन २०८२

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रवर्द्धनलाई मुख्य लक्ष्य बनाएर दृढतापूर्वक काम गरिरहेको दाबी गरेका छन् । 

नेकपा (एमाले) लुम्बिनी प्रदेशको पाँचौँ पूर्ण बैठकलाई बुधबार दाङको लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वको प्रदेश सरकारले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि पाँच वर्षे रणनीतिक योजना निर्माण गरेर  त्यसकै आधारमा सुशासन प्रवर्द्धनका कामहरू गरिरहेको बताएका हुन् । 

बैठकमा एक वर्षे उपलब्धिको विवरण सुनाउँदै मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामहरूलाई पार्टी पङ्क्तिमार्फत जनस्तरमा पुर्‍याउनुपर्ने जोड दिए । 

‘एक वर्षको अवधिमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार निवारणका लागि बनाएको पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा ल्याएका छौँ । पूर्व विशिष्ट पदाधिकारीले पाउने सेवा सुविधा खारेज गरेर नयाँ सन्देश जनस्तरमा पुर्‍याएका छौँ’, आचार्यले भने, ‘एक वर्षको अवधिमा प्रदेश गौरवका योजनालाई नयाँ उचाइमा पुर्‍याउन सफल भएका छौँ । सडक पूर्वाधार, पक्की तथा झोलुङ्गे पुल निर्माण, कालोपत्रे सडक, नयाँ सडक निर्माणमा उपलब्धि हासिल भएका छन् ।’

सरकारका कामकारबाहीबाट गाउँ र सहर जोडिन पुगेको, किसानले सिँचाइ सुविधा पाएको, स्थानीय उत्पादनले बजार पाएको, शैक्षिक गुणस्तरमा सुधार आएको र पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारले सफलता प्राप्त गरेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप