रुस-युक्रेन युद्ध अन्त्यको सम्झौता नभए रुसले ‘गम्भीर परिणाम’ भोग्नु पर्ने ट्रम्पको चेतावनी
बुधबार, २८ साउन २०८२, २२ : ५४
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्यका लागि सम्झौता नभए रुसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।
- ट्रम्पले शुक्रबार पुटिनसँगको भेटअघि यस्तो चेतावनी दिएका हुन्, र उनले ह्याकिङको विषयमा पनि कुरा गर्ने बताए ।
- अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीचको भेट अलास्कामा हुने तय भएको छ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्यका लागि सम्झौता नभए रुसले गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले केनेडी सेन्टरमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै शुक्रबार हुने पुटिनसँगको बैठकअघि नै यस्तो चेतावनी दिएका हुन् । पत्रकारहरुकाे रुसी ह्याकरहरूले अमेरिकी सङ्घीय अदालतका कागजात व्यवस्थापन प्रणालीमा आक्रमण गरेको भनिएको रिपोर्टबारेकाे प्रश्नमा उनले पुटिनसँग सो विषयमा पनि कुरा गर्ने तयारी भएको बताएका छन् ।
ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेट यस शुक्रबार अमेरिकाको अलास्का राज्यमा हुने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा रहेका नेपालीका लागि एउटै प्रकृतिका दुई एप्स
-
झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
-
सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण