ट्रम्प-पुटिन वार्ता
पुटिनसँग छिट्टै दोस्रो बैठक हुनसक्छ: ट्रम्प
बिहीबार, २९ साउन २०८२, ०० : १३
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँगको बैठक सफल भए दोस्रो बैठकको सम्भावनाबारे बताए।
- ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई दोस्रो बैठकमा सहभागी गराउने प्रस्ताव गरेका छन्।
- रुसले युद्ध अन्त्य गर्न अस्वीकार गरेमा गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी छ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार अलास्कामा हुने पहिलो बैठक सफल भए तत्काल दोस्रो बैठक आयोजना हुन सक्ने बताएका छन् ।
वासिङ्टनस्थित केनेडी सेन्टरको एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दोस्रो बैठकको सम्भावना बारे कुरा गरेका हुन् । उनले दोस्रो बैठकमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई पनि सहभागी गराउने प्रस्ताव गरेका छन् ।
ट्रम्पका अनुसार दोस्रो बैठकमा युद्ध विरामलाई मुख्य एजेन्डा बनाइनेछ, भने शुक्रबार हुने पहिलो बैठक दोस्रोका लागि ‘पूर्व तयारी’ मात्र हुनेछ । उनले भने, “यदि उनीहरूले चाहेँ भने पुटिन, जेलेन्स्की र मबिच छिट्टै अर्को बैठक गर्न हुनसक्छ।”
यस्तै, उनले रुसले युद्ध अन्त्य गर्न अस्वीकार गर्यो भने ‘ गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी पनि दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण