कङ्क्रिटको बिचमा हरियो चरन : सहरले निल्न नसकेको काठमाडौँको पुरानो प्रतिबिम्ब
सारांश
- काठमाडौँको मलपोखरीमा गाईबस्तु चरिचरन गर्ने ठाउँ सहरीकरणको चपेटामा परेको छ।
- सहरीकरणले गर्दा उपत्यकाका खुला स्थान र हरियाली घट्दै गएको छ, तर यहाँ पुरानो जीवनशैली अझै टिकेको छ।
- स्थानीय गोठालाहरू दैनिक ३० वटा गाईबस्तु चराउन आउँछन्, तर हिउँद र गर्मीमा यो ठाउँ फरक गतिविधिले भरिन्छ।
काठमाडौँ । चारैतिर कङ्क्रिटका अग्ला घरैघर। बिचमा एउटा फराकिलो हरियो चौर। यही कङ्क्रिटको जङ्गलबिच रहेको हरियालीमा रमाइरहेका छन् गाईबस्तु। यो दृश्य हो, दिनप्रतिदिन साँघुरिँदै गएको काठमाडौँ उपत्यकाको मलपोखरीको।
सहरीकरणको तीव्र चापले उपत्यकाका खुला स्थान र हरियाली मासिरहेको छ। तर, रिङरोड बाहिरका केही सीमित स्थानमा अझै पनि पशुपालन र चरनको पुरानो जीविका मुस्किलले टिकेको छ। मलपोखरी त्यस्तै एउटा उदाहरण हो, जहाँ सहर र गाउँको जीवनशैलीको दुर्लभ संगम देख्न सकिन्छ।
वर्षाको समयमा यो ठाउँ हरियालीले ढाकिन्छ, तर यो सधैँभरि यस्तो रहँदैन। ‘यहाँ वर्षमा चार महिना मात्रै हरियो हुन्छ। यही बेला वस्तुले भरपेट हरियो घाँस खान पाउँछन्। अरू बेला त जेनतेन जोहो गर्नुपर्छ,’ एक स्थानीय गोठालाले भने, ‘हामी दैनिक करिब ३० वटा गाईबस्तु चराउन यहाँ आउँछौँ।’

वर्षामा गाईबस्तुको चरन बन्ने यो ठाउँ हिउँद र गर्मीमा भने गाडी सिक्ने, क्रिकेट खेल्ने र रमिता हेर्नेहरूको थलो बन्छ। डिलमा उभिएर हेर्दा देखिने बडेमानका घरहरूले यो हरियो भूमिलाई कुनै पनि बेला निल्न सक्ने सङ्केत गर्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण