स्वास्थ्य समूहका सहसचिवहरूको सरुवा, को कहाँ पुगे?
सारांश
- सरकारले स्वास्थ्य समूहका कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
- सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा तथा काजमा खटाएको हो।
- कोशी प्रदेश, निर्वाचन आयोग र राष्ट्रिय योजना आयोगका सहसचिवहरूलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।
काठमाडौँ । सरकारले स्वास्थ्य समूहका कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय तथा प्रदेश तहका मन्त्रालयका सहसचिवहरूको सरुवा तथा काजमा खटाएको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार कोशी प्रदेशका स्वास्थ्य सचिव राधिका थपलियालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सरुवा गरिएको हो । निर्वाचन आयोगमा रहेकी सहसचिव निता पोखरेल अर्याललाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै, राष्ट्रिय योजना आयोगमा कार्यरत हेमराज सुवेदीलाई पनि स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । मधेस प्रदेश मुख्यमन्त्री कार्यालयमा रहेका सहसचिव डाक्टर श्रवणकुमार मिश्रलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका सहसचिव ऋषिराज आचार्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । अर्का सह सचिव डाक्टर यदुचन्द्र घिमिरेलाई कोशी प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण