प्रधानसेनापतिले भने, ‘विश्वास गर्नुस्, द्रुतमार्गको काम सेनाले समयमै सक्छ’
सारांश
- प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं-तराई/मधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिबद्धता जनाएका छन्।
- उनले फास्ट ट्रयाक बाहेक अन्य योजना खोकनामा नआउने ग्यारेन्टी भए बाधा नहुने बताए ।
- सिग्देलले हालसम्म ४३ प्रतिशत काम सम्पन्न भइसकेको र तोकिएको समयमै काम सक्ने बताए।
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौँ—तराई/मधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको हो । जसमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न आग्रह गरेका हुन् ।
उनले भने, ‘हाम्रो भनाइ र सोचाई काम समयमा सक्नुपर्छ भन्ने हो । ०८३ को चैत्र अन्तिमसम्म सक्नुपर्ने दायित्व छ । त्यसमा हामी प्रतिबद्ध छौँ । अहिले करिब करिब ४३ प्रतिशत काम सकिसकेको छ । अब हुने काम छिटो सकिने खालका छन् । धेरै जसो समय ईआईए गठन, टेन्डरको सम्झौतासम्मको समयमा धेरै समय गएको छ । समस्या समाधानहरू हुने हो भने काम नसकिने भन्ने होइन । अब रफ्तार लिन सक्छ । काम धेरै सहज खालका छन् । नेपाली सेनाले समयमा काम सक्छ भनेर मानिदिनुहुन आग्रह छ । त्यसैअनुसार हामी काम गर्दछौँ । खोकना प्रस्थान बिन्दु पनि हो । ६.५ किलोमिटरसम्म लम्बाई छ । ऐतिहासिक र धार्मिक हिसाबले महत्त्वपूर्ण ठाउँ छ । सिकाली मन्दिर क्षेत्र र दाहसंस्कार गरिसकेपछि क्रियापुत्री बस्ने ठाउँहरू छन् । त्यसलाई छोडेर नै नयाँ डीपीआर तयार पारेका छौँ ।’
प्रधानसेनापति सिग्देलले फास्ट ट्रयाक बाहेकका अन्य योजनाहरू खोकनामा नआउने ग्यारेन्टी भए धेरै बाधा स्थानीहरूबाट नहुने बताए । अहिले बनेका संरचनाले धेरै हदसम्म प्राकृतिक विपद्बाट सुरक्षित रहेको जिकिर गरे । ठेकेदारहरूबाट समयमा काम नभएको समस्या रहेको पनि उनले गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण