स्वीकृत दरबन्दीको आधामा सञ्चालन हुँदै नार्क
सारांश
- नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा स्वीकृत दरबन्दीको आधा जनशक्ति मात्रै कार्यरत रहेको छ।
- नार्कमा ९०४ दरबन्दी रिक्त रहेको र समयमा विज्ञापन नहुँदा जनशक्ति कम भएको हो।
- वैज्ञानिक र प्राविधिक पदहरूमा ठूलो संख्यामा दरबन्दी रिक्त रहेका छन्, जसले काममा समस्या पारेको छ।
काठमाडौँ । नेपालको कृषि क्षेत्रको अध्ययन अनुसन्धान गर्न स्थापना भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) स्वीकृत दरबन्दीको आधा सङ्ख्यामा सञ्चालन भइरहेको छ ।
नार्कमा स्वीकृत दरबन्दी एक हजार ८२३ रहेकामा हाल ९१९ जना मात्र कार्यरत रहेका नार्कका सूचना अधिकारी डा सुधा सापकोटाले जानकारी दिइन् । नार्कमा अहिले पनि ९०४ दरबन्दी रिक्त छ । समयमा विज्ञापन नभएको, ढिला गरी भएको विज्ञापन पनि परिणाम आइसकेपछि मुद्दा परेर रोकिँदा जनशक्ति कम हुँदै गएको हो ।
“रिक्त रहेका पदमा मुख्य वैज्ञानिक एस–५ को स्वीकृत दरबन्दी ३२ रहेकामा हाल आठ जनामात्र कार्यरत रही २४ पद रिक्त छन् । वरिष्ठ वैज्ञानिक एस–४ को स्वीकृत दरबन्दी सङ्ख्या ४५ रहेकामा ४५ कार्यरत छन् । सबैभन्दा बढी रिक्त वरिष्ठ वैज्ञानिक एस–३ को स्वीकृत दरबन्दीमा छ । जसमा स्वीकृत दरबन्दी १६४ रहेकामा आठ जनामात्र कार्यरत छन् । भने बाँकी पद रिक्त छन्”, उनले भनिन् ।
वैज्ञानिक एस–२ को स्वीकृत दरबन्दी सङ्ख्या १०८ रहेकामा १०८ कार्यरत रहेका सूचना अधिकारी सापकोटाले जानकारी दिइन् । उनका अनुसार वैज्ञानिक एस–१ को स्वीकृत दरबन्दी ६१ रहेकामा १५ जना कार्यरत छन्, प्राविधिक अधिकृततर्फ स्वीकृत दरबन्दी सङ्ख्या ३२४ रहेकामा १६८ कार्यरत छन् । त्यस्तै, प्राविधिक सहायकतर्फ स्वीकृत दरबन्दी सङ्ख्या ६९१ रहेकामा ३६७ कार्यरत रहँदा ३२४ पद रिक्त छन् ।
लेखातर्फ स्वीकृत दरबन्दी सङ्ख्या ८३ रहेकामा ४९ कार्यरत, प्रशासनतर्फ स्वीकृत दरबन्दी सङ्ख्या ३१२ रहेकामा १४८ कार्यरत रहेका नार्कका प्रवक्ता कालिकाप्रसाद उपाध्यायले जानकारी दिए ।
भएका वैज्ञानिकले उमेर हदका कारण अवकाश पाउने, नयाँ विज्ञापन गर्दा अदालतमा गएर ढिलाइ हुने, कार्यरत युवा वैज्ञानिक पनि अवसरको खोजीमा विदेशिने क्रम बढेकाले काममा समस्या हुँदै गएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण