भारतबाट घर फर्कने क्रममा दैलेखका ५७ वर्षीय पुरुष बेपत्ता
बिहीबार, २९ साउन २०८२, १६ : ४४
सारांश
- दैलेखको ठाटीकाँध गाउँपालिका-४ गैरागाउँका ५७ वर्षीय नन्दराम बडूवाल भारतबाट नेपाल फर्कने क्रममा बेपत्ता भएका छन्।
- बडूवाल अगस्ट १० मा भारतको सिमला नजिकैको सलोनबाट नेपालगन्जका लागि हिँडेका थिए।
- परिवारले भारत र नेपालमा खोजी कार्यका लागि सहयोगको अपिल गरेका छन्।
सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–४, गैरागाउँका ५७ वर्षीय नन्दराम बडूवाल भारतबाट नेपाल फर्कने क्रममा बेपत्ता भएका छन् । परिवारका अनुसार उनी अगस्ट १० तारिखदेखि सम्पर्कविहीन भएका हुन् ।
बडूवालले अन्तिम पटक अगस्ट १० गते साँझ साढे ५ बजे भारतको सिमला नजिकैको सलोन भन्ने ठाउँबाट आफन्तलाई फोन गरी बस चढेको जानकारी दिएका थिए ।
‘सिमला बसपार्कबाट रुपैडिया नाका हुँदै नेपालगन्जका लागि हिँड्नु भएको थियो, तर अहिलेसम्म न घर आइपुग्नुभयो, न त कसैको सम्पर्कमा नै हुनुहुन्छ,’ उनका नाति पर्ने लवबहादुर सिजापतिले भने । उनका परिवारले भारत तथा नेपालमा रहेका सबैलाई खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण