इटालीमा डुङ्गा डुब्दा कम्तीमा २७ जना आप्रवासीको मृत्यु
सारांश
- इटालीको लाम्पेडुसा टापुमा डुङ्गा दुर्घटना हुँदा २७ जना आप्रवासी र शरणार्थीको मृत्यु भएको छ ।
- सन् २०२५ मा मध्य भूमध्यसागरमा ७०० भन्दा बढी शरणार्थी र आप्रवासीको ज्यान गएको छ ।
- दुर्घटनामा ६० जनाको उद्धार गरिएको छ भने ३५ जना बेपत्ता छन् ।
लाम्पेडुसा । इटालीको टापु लाम्पेडुसाको तटमा बिहीबार डुङ्गा दुर्घटना हुँदा कम्तीमा २७ जना आप्रवासी तथा शरणार्थीहरू डुबेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) फिलिपो ग्रान्डीले विज्ञप्तिमार्फत जनाएका छन् ।
सामाजिक सञ्जाल एक्समा ग्रान्डीले सन् २०२५ मा मध्य भूमध्यसागरमा ७०० भन्दा बढी शरणार्थी र आप्रवासीले ज्यान गुमाएको बताएका छन् ।
उनले घटनाको पुष्टि गर्दै समुद्रमा उद्धार, सुरक्षित मार्गहरू, ट्रान्जिट देशहरूलाई मद्दत गर्ने र घटनालाई सम्बोधन गर्नुपर्ने जनाएका छन् । युएनएचसीआर इटालीका सञ्चार अधिकारीका अनुसार एजेन्सीले हाल भग्नावशेषबाट जीवित मानिसहरूलाई सहयोग गरिरहेको छ ।
उनीहरूले यस वर्ष मात्र मध्य भूमध्यसागरमा ६७५ जनाको मृत्यु भएको रेकर्ड गरिएको बताएका छन् । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को भूमध्यसागरका लागि समन्वय कार्यालय प्रवक्ता फ्लेभियो डि गियाकोमोले घटनाहरूको विवरण दिएका छन् ।
सामाजिक सञ्जाल एक्समा जियाकोमोले करिब ९५ जना लिबियाबाट दुई डुङ्गामा गएका तर एउटा जहाज डुब्न थालेपछि सबै यात्रुहरू अर्को डुङ्गामा चढ्दा अत्यधिक भारका कारण डुङ्गा पल्टिएको जनाइएको छ ।
दुर्घटनामा परेर बाँचेका ६० जना व्यक्तिहरूलाई उद्धार गरिएको तथा ३५ जना बेपत्ता भएको आशङ्का गरिएको जियाकोमोले स्पष्ट पारे ।
इटालीस्थित आइओएमको भूमध्यसागरीय समन्वय कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार यस वर्ष अगस्ट १३ सम्म भूमध्य मार्गमा कम्तीमा ९६२ आप्रवासीको मृत्यु भएको छ भने मध्य भूमध्यसागरमा ६७५, पश्चिमी भूमध्यसागरमा १५५ र पूर्वी भूमध्यसागरमा १३२ जनाको मृत्यु भएको छ ।
सन् २०१४ देखि मध्य भूमध्य मार्गलाई आइओएमले विश्वको सबैभन्दा घातक मार्गको रूपमा पहिचान गरेको छ, जसमा २५ हजार २६० भन्दा बढी मानिसको हताहत भएको रिपोर्ट गरिएको छ । आइओएमले वास्तविक मृत्युको सङ्ख्या अझै बढी हुनसक्ने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण