पोखरामा रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएन, अर्को पेसी भदाै ५ गते
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेर धरौटीमा छुटेका रवि लामिछानेको मुद्दामा उच्च अदालत पोखरामा आजदेखि सुनुवाइ सुरु भएको छ ।
उनी सहितका प्रतिवादीलाई जिल्ला अदालत कास्कीले गत पुस २५ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनीहरुले उक्त आदेश बदरको माग सहित उच्चमा निवेदन दिएका हुन् ।
उच्च अदालत पोखराका मुख्य रत्नबहादुर बागचन्द र न्यायाधीश दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो ।रविसँगै सरकारी वकिल कार्यालयले पनि जिल्ला अदालतको आदेश चित्तबुझ्दो नभएको भन्दै थुनामा पठाउन माग सहित उच्चमा निवेदन दिएको छ ।
सोही मुद्दामा बिहीबारदेखि सुनुवाइ सुरु भएको उच्च अदालत पोखराका उपरजिष्ट्रार निल पनेरुले जानकारी दिए ।बिहीबार सुनुवाइ नसकिएपछि पेसी आगामी भदाै ५ गतेका लागि सरेको अदालतले जनाएको छ ।
अदालतले सबै कानुन व्यवसायीको बहस नसकिएकाले आगामी बिहीबारका लागि पेसी तोकेको हो । रवि लामिछाने सहितका ७ जना निवेदकले धरौटी नराखी साधारण तारेखमा छुट्न पाउनुपर्ने माग राखेका छन् ।
जिल्लाको आदेश विरुद्ध निवेदन दिनेहरूमा लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशी, सञ्चालक आरती गुरूङ, मिना गुरूङ, रामबहादुर खनाल, लिला पछाई र विज्ञान राई छन् ।
लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ । अभियोग पत्रमा उनीमाथि ३ करोड ३७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ । सहकारीका १८ हजार ७ सय बचतकर्ताको झन्डै १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको आरोप सञ्चालकहरूलाई लगाइएको छ ।
बिहीबार उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता रूद्रप्रसाद पन्थी, उपन्यायाधीवक्ताहरू बुद्धिलाल श्रेष्ठ, तुलबहादुर खड्का, एकनारायण ढकाल, सहकारी पीडितका तर्फबाट अधिवक्ता युवराज पराजुली लगायतले बहस गरेका थिए ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण कँडेल, प्रतिवादी मिना गुरूङको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा लगायतले बहस गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण