डीएभीलाई आरआरए क्रिकेटको उपाधि
सारांश
- डीएभी स्कुलले आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
- फाइनलमा डीएभीले एलआरआईलाई ५१ रनले पराजित गर्दै उपाधि जित्यो।
- प्रतियोगितामा डीएभीका प्रसिद्ध जैसी प्लेयर अफ द टुर्नामेन्ट घोषित भए।
ललितपुर । डीएभी स्कुलले पहिलो आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीबार भएको फाइनलमा डीएभीले एलआरआईलाई ५१ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको हो।
प्रतियोगिताको विजेता डीएभीले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एलआरआईले १५ हजार रुपैयाँमा चित्त बुझाएको छ।
फाइनल खेलमा पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ८४ रन बनाएको थियो। डीएभीका लागि प्रसिद्ध जैसीले १३ बलमा ३७ रन र फरहान अन्सारीले ६ बलमा ११ रनको योगदान दिए। बलिङतर्फ एलआरआईका कप्तान अभी थपलियाले ३ विकेट लिएका थिए।
जवाफमा, एलआरआईको टोली ९.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रनमा समेटियो। एलआरआईका लागि अभी थपलियाले ६ रन बनाएका थिए। बलिङमा डीएभीका प्रसिद्ध जैसीले ३ र कमल शाहीले २ विकेट लिएका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै डीएभीका प्रसिद्ध जैसी 'प्लेयर अफ द टुर्नामेन्ट' घोषित भए। उनले प्रतियोगिताभर १३५ रन बनाउनुका साथै ८ विकेट पनि लिएका थिए। प्रसिद्ध नै उत्कृष्ट ब्याट्सम्यान चुनिए भने एलआरआईका अभी थपलिया उत्कृष्ट बलर बनेका थिए।
विजेता टोलीलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानालगायतले पुरस्कृत गरे। चार दिनसम्म चलेको उक्त प्रतियोगितामा आयोजकका २ सहित कुल १५ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण