उपल्लो मुस्ताङमा स्वास्थ्य शिविरबाट ३१४ जना लाभान्वित
सारांश
- मुस्ताङको चराङमा स्वास्थ्य शिविर सञ्चालन हुँदा ३१४ जना लाभान्वित भए।
- नेपाल विकास समाजको आयोजना, नागासाकी विश्वविद्यालयको सहकार्यमा शिविर चलेको थियो।
- स्थानीय बासिन्दाले सदरमुकाम, पोखरा र काठमाडौँमा स्वास्थ्य परीक्षण गराउँदै आएका थिए।
मुस्ताङ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङमा सञ्चालित स्वास्थ्य शिविरबाट ३१४ जना लाभान्वित भएका छन् ।
तीन दिनसम्म सञ्चालन भएको उक्त शिविरमा उपल्लो मुस्ताङको चराङ, मराङ, ढाक्मर, घमी, घिलिङ, स्यावचे, यारा, घारा, ढी, सुर्खाङ, ध्येलगायतका बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । नेपाल विकास समाजको आयोजना, जापानस्थित ट्रपिकल मेडिसिन संस्थान नागासाकी विश्वविद्यालयको सहकार्य तथा स्थानीय समाजसेवी छेवाङ विष्टको पहलमा स्वास्थ्य शिविर चलाइएको हो । शिविरको आन्तरिक व्यवस्थापन तथा सहजीकरण लोघेकर दामोदरकुण्ड गाउँपालिका र जिग्मे हिमायन फाउन्डेसनले गरेका थिए ।
काठमाडौँ, जापानको नागासाकी विश्वविद्यालय र जोमसोमस्थित प्रदेश अस्पतालको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेको अध्यक्ष विष्टले बताए । यहाँका बासिन्दा सदरमुकाम जोमसोम, पोखरा र काठमाडौँ पुगेर स्वास्थ्य परीक्षण गर्ने गरेका लोघेकर–१ चराङका वडाध्यक्ष ढिन्डुक ठकुरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्याल र युएईका विदेश व्यापार मन्त्रीबिच भेटवार्ता
-
गणेश नेपाली मृत्यु प्रकरण : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागियो, तस्बिरहरू
-
गणेश नेपालीको मृत्युको विरोधमा वैदिक सनातन युवा मोर्चाद्वारा प्रदर्शन
-
गणेश आत्मदाह प्रकरणमा बाबुराम भन्छन्– ज्वालामुखीलाई स्याउलाले छोपेर टार्न खोज्ने लज्जास्पद चरित्र उजागर
-
गणेशको आत्मदाहले दबाबमा बालेन सरकार, सत्ता पक्षकै नेताले पोखे असन्तुष्टि
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण