मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण
सारांश
- जल तथा मौसम विज्ञान विभागले भ्रामक सूचनाको विश्वास नगर्न आग्रह गरेको छ।
- विभागले आधिकारिक वेबसाइट र सामाजिक सञ्जालबाट सूचना लिन अनुरोध गरेको छ।
- मौसमसम्बन्धी पूर्व सूचना संवेदनशील हुने भन्दै आधिकारिक स्रोत प्रयोग गर्न आग्रह छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट सूचना सार्वजनिक भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
विभागकी प्रवक्ता विभूति पोखरेलले त्यस्ता सूचनाको विश्वास नगर्न अनुरोध गर्दै विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा प्रेषित सूचनाहरू प्रयोग गर्न अनुरोध गरेकी छन् ।
उनले भनिन् , “हाल विभिन्न व्यक्ति तथा निकायहरूले सामाजिक सञ्जाललगायतका माध्यमहरूमार्फत मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट पूर्व सूचनाहरू सम्प्रेषण गर्ने कार्य भइरहेका कारण सर्वसाधारणमा अन्योल सिर्जना भई जनगुनासाहरू प्राप्त भएकाले यस विभागको ध्यानाकर्षण भएको छ ।”
उनले मौसम तथा बाढीसम्बन्धी पूर्व सूचना अति संवेदनशील विषय भएकाले आधिकारिक सूचना प्रयोग गर्न अनुरोध पनि गरेकी छन् ।
विभागले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, “मौसम तथा बाढीसम्बन्धी पूर्व सूचना अति संवेदनशील विषय भएकाले तल उल्लेखित विभागको आधिकारिक वेबसाइटहरू तथा सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाहरू प्रयोग गर्न आम सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवालामा हार्दिक अनुरोध गरिन्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण