रसुवा बस दुर्घटना: गम्भीर घाइते छ जनालाई काठमाडौँ पठाइयो
सारांश
- रसुवाको गत्लाङबाट काठमाडौँ जाँदै गरेको बस नुवाकोटको लहरेपौवामा दुर्घटना हुँदा २० जना घाइते भए।
- गम्भीर घाइते ६ जनालाई काठमाडौं पठाइयो, बाँकीको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।
- ओरालो र घुम्ती सडक तथा पानी परिरहेको समयमा तीव्र गति भएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।
नुवाकोट । रसुवाको गत्लाङबाट काठमाडौँ जाँदै गरेको बस बिहीबार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
घाइतेमध्ये अवस्था गम्भीर भएका छ जनालाई थप उपचारको लागि काठमाडौँ पठाइएको त्रिशूली अस्पतालका निमित्त निर्देशक सन्देशराज उपाध्यायले जानकारी दिए । उनका अनुसार बाँकी चौध जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
घाइते भएकामध्ये अधिकांशको टाउको, छाती, हात र खुट्टामा चोट लागेको छ । तीमध्ये अवस्था सामान्य रहेका पाँच जनालाई घर पठाइने र बाँकीलाई भर्ना गरिने डा.उपाध्यायले जानकारी दिए ।
रसुवाको गत्लाङबाट काठमाडौँ जाँदै गरेको बा ४ ख ८४३५ नं को बस आज अपराह्न लहरेपौवामा दुर्घटनामा भएको रसुवा प्रहरीले जनाएको छ । ओरालो र घुम्ती सडक तथा पानी परिरहेको समयमा गति तीव्र भएकाले बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।
दुर्घटनापश्चात् सडकबाट ३० मिटर तल पुगेको बस लहरेपौवास्थित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको घरको आडमा पुगेर रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण