राष्ट्रिय टोलीको आठ खेलाडी बङ्गलादेशको लिगमा अनुबन्ध
सारांश
- नेपाली राष्ट्रिय फुटबल टोलीका ८ खेलाडी बङ्गलादेशको लिगमा अनुबन्धित भएका छन्।
- सहिद स्मारक ए डिभिजन लिग नभएपछि खेलाडीहरू बाहिरिएका हुन्।
- किरण चेमजोङ बङ्गलादेश पुलिस क्लबबाट खेल्नेछन् भने आयुष घलान पनि सोही टोलीमा छन्।
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू धमाधम बङ्गलादेशको लिगमा अनुबन्ध हुन थालेका छन् ।
दुई वर्षसम्म पनि सहिद स्मारक ए डिभिजन लिग नभएको अवस्थामा अर्को वर्ष पनि नहुने आशङ्कामा राष्ट्रिय टोलीका हालसम्म ८ खेलाडी बाहिरिएका हुन् ।
बङ्गलादेशको शीर्ष डिभिजनको लिग खेल्ने हालसम्म ८ खेलाडीको पक्का भएको छ । अझै खेलाडीको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
राष्ट्रिय टोलीका कप्तान किरण चेमजोङ पनि बङ्गलादेशको लिगमा देखिने भएका छन् । किरण बङ्गलादेश पुलिस क्लबबाट खेल्नेछन् । किरण कै टोलीमा नेपाली टोलीमा विंगर आयुष घलान पनि खेल्ने छन् ।
त्यस्तै डिफेन्डर अनन्त तामाङ फर्टिस एफसीमा अनुबन्ध भएका छन् । नेपाली टोलीका डिफेन्डर अभिषेक लिम्बू रहमतगञ्ज एमएफएसमा अनुबन्ध भएका छन् ।
राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्ट, मिडफिल्डर एरिक बिष्ट, डिफेन्डरद्वय सनिश श्रेष्ठ र योगेश गुरुङ बङ्गलादेशको ब्रदर्श युनियनमा आबद्ध भएका भएका छन् ।
एरिक, सनिश र योगेश राष्ट्रिय टोलीको प्रशिक्षणमा छन् । नेपालले बङ्गलादेशसँग भदौ २१ र २४ गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण