ट्रम्प पुटिन भेटको एक दिन अघि रुस र युक्रेनले साटे ८४/८४ बन्दी
सारांश
- रुस र युक्रेनले ८४/८४ कैदी आदानप्रदान गरेका छन्, जसमा सैन्य कर्मचारी र नागरिक दुवै समावेश छन्।
- युक्रेनी राष्ट्रपति जेलेन्स्कीका अनुसार, कैदीहरूमध्ये केहीलाई २०१४, २०१६ र २०१७ देखि रूसले बन्दी बनाएको थियो।
- संयुक्त अरब इमिरेट्सले मध्यस्थता गरेको यस आदानप्रदानमा मारिउपोल सहरको रक्षा गर्ने सिपाहीहरू पनि समावेश थिए।
मस्को । रुस र युक्रेनले ८४/८४ कैदी आदानप्रदान गरेका छन् । बिहीबार दुवै पक्षले एक अर्काका बन्दी आदानप्रदान गरेका हुन् । यस वर्ष अहिलेसम्म सयौँ युद्धबन्दीहरूलाई आदानप्रदान श्रृङ्खलाअन्तर्गत रिहा गरिएको छ ।
कैदीहरूको यो आदानप्रदान शुक्रबार अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेट हुनुभन्दा एक दिन अघि भएको हो । यस आदानप्रदानमा संलग्न २९ वर्षीया युक्रेनी नाविक माइकिता कालिबर्डाले भनिन्, ‘म आफ्नो देश फर्किएको छु । इमानदारीपूर्वक भन्नुपर्दा, मैले कहिल्यै सोचेको थिइनँ कि यो दिन आउनेछ ।’
आदानप्रदान गरिएका कैदीहरूमा सैन्य कर्मचारी र नागरिक दुवै समावेश भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन् । तिनीहरूमध्ये केहीलाई २०१४, २०१६ र २०१७ देखि रूसले बन्दी बनाएको उनले बताए । मारिउपोल सहरको रक्षा गर्ने सिपाहीहरू पनि यस आदानप्रदानको हिस्सा भएको पनि बताइएको छ । यो त्यही बन्दरगाह सहर हो, जुन २०२२ मा रुसले करिब तीन महिनाको घेराबन्दी पछि कब्जा गरेको थियो ।
संयुक्त अरब इमिरेट्सले यो आदानप्रदानमा मध्यस्थता गरेको रूसी रक्षा मन्त्रालयले भबताएको छ । रिहा गरिएका रुसी सैनिकहरूलाई मनोवैज्ञानिक र चिकित्सा सहयोग दिइँदैछ । मे र जुलाईको बिचमा इस्तानबुलमा रूस र युक्रेनबिच तीन चरणको शान्ति वार्ता भएको थियो । यस ठुलो परिणाम कैदीहरू आदानप्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण