बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भदौ ७ गते मण्डला थिएटरमा ‘देशको संगीत’

शुक्रबार, ३० साउन २०८२, १४ : ३६
शुक्रबार, ३० साउन २०८२

काठमाडौँ । जनवादी गीत–संगीतको निरन्तरतासँगै देशभक्ति र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यले ‘देशको संगीत’ नामको सांगीतिक कार्यक्रम आगामी भदौ ७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित मण्डला थिएटरमा हुने भएको छ।

पुपल्स स्टुडियोको प्रस्तुतीमा आयोजना हुने कार्यक्रममा रमण थामी, निर्मला घिसिङ, केशरी घर्ती, अनिश योजना, आरोह सी, सफल सोडारी, असल वाइबा र धिरज नाथलगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्। साथै सुशीलसिंह ठकुरी, केशर कालिकोटे, माइला लामा र मणि थापाले पनि आफ्नो प्रस्तुति मार्फत कार्यक्रमलाई समृद्ध तुल्याउनेछन्।

पूर्वमन्त्री समेत रहेका पूर्वमन्त्री थापाका अनुसार, यो सांगीतिक साँझले विगत, वर्तमान र भविष्यलाई जोड्ने जनताका गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जनसहित सांस्कृतिक चेतना जगाउनेछ। कार्यक्रममा सबैलाई उपस्थित हुन निमन्त्रणा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप