मस्तिष्कघातको उपचार व्यवस्थित बनाउन ‘राष्ट्रिय स्ट्रोक प्रोटोकल’स्वीकृत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्ट्रोकको (मस्तिष्कघात) उपचारलाई व्यवस्थित बनाउन ‘राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल, २०८२’ (न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५) स्वीकृत गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार उक्त प्रोटोकल स्वीकृत गरेका हुन् ।
मन्त्रालयले ग्रामीण स्वास्थ्य चौकीदेखि विशिष्टीकृत अस्पतालसम्म स्ट्रोकको उपचारमा तहगत सामाञ्जस्यता, प्रेषण र उपचार पद्धतिमा एकरूपता ल्याउने उपचारलाई प्रमाणमा आधारित बनाउने र बिरामीको जीवन बचाउने समय सीमा (गोल्डेन आवर) भित्र उपचार सुनिश्चित गर्ने उद्देश्यले उक्त प्रोटोकल जारी गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
‘स्ट्रोक नेपालमा मृत्यु र दीर्घकालीन अपाङ्गताको प्रमुख कारण बनिरहेको छ । यसको विनाशकारी प्रभावलाई समयमै पहिचान गरी प्रमाणमा आधारित उपचार र समन्वयात्मक हेरचाहबाट धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने,‘यो प्रोटोकलले नेपालको स्वास्थ्य प्रणालीका हरेक तहमा स्ट्रोक व्यवस्थापनलाई स्तरिकृत गर्न मार्गदर्शन गर्छ ।’
विगतमा स्ट्रोकका बिरामीको उपचार ढिलाइ हुने गरेको उपचार पद्धतिमा एकरूपता हुन नसक्दा र पुनर्स्थापनामा प्रभावकारी नहुँदा थुप्रै समस्या रहेको उनले सुनाए ।
यस प्रोटोकलले आधारभूत अस्पताल, प्राथमिक अस्पताल र विशेषज्ञ तथा विशिष्टीकृत अस्पतालहरूको भूमिका स्पष्ट पारेको डा.बुढाथोकीले बताए ।यसमा स्ट्रोकको आकस्मिक व्यवस्थापन, औषधि उपचार, शल्यक्रिया तथा पुनर्स्थापना जस्ता पक्षहरू समेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण