‘क्लाउड ब्रष्ट’ हुँदा खैबर पख्तुनख्वामा कम्तीमा १४६ जनाको मृत्यु
शुक्रबार, ३० साउन २०८२, १९ : १९
काठमाडौँ । गएको २४ घण्टामा पाकिस्तानको खैबर पख्तुनख्वामा कम्तीमा १४६ जनाको मृत्यु भएको छ ।
‘क्लाउड ब्रष्ट’ र लगत्तै आएको बाढीका कारण अझै पनि कयौँ मानिस बेपत्ता रहेको खैबर पख्तुनख्वा प्रान्तको विपद् व्यवस्थापन विभागले भनेको छ ।
बाढीले प्रान्तभरि वितण्डा मच्चाएको बताइएको छ । गएको जुनयता नै मनसुनी वर्षाले पाकिस्तान विशेष गरी खैबर पख्तुनख्वा र उत्तरी क्षेत्रमा व्यापक तहसनहस गराएको थियो ।
विनाशकारी बाढी, पहिरोका कारण हजारौँ मानिस विस्थापित भएका छन् । पछिल्लो घटनामा मर्नेमा १२६ जना पुरुष, आठ महिला र १२ जना बालबालिका भएको बताइएको छ । बनेरमा मात्रै ७५ जनाको ज्यान गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण