सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच
सारांश
- सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा 'एक घर, एक धारा' योजना अन्तर्गत ४०० घरधुरीमा धारा जडान गरिएको छ।
- यस योजनाले स्थानीय बासिन्दालाई पानीको लागि पहिलेको कठिनाइबाट मुक्त गरेको छ, जसले जीवनशैलीमा परिवर्तन ल्याएको छ।
- यस परियोजनाले विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति बढाउनुका साथै महिलाको श्रमभार पनि घटाएको छ।
सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक घर, एक धारा’ को पहुँच पुगेको छ । सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हालसम्म ७२८ घरधुरीमध्ये ४०० घरमा धारा जडान भइसकेको हो ।
पहिले कुवा वा अन्य प्राकृतिक मुहानबाट पानी भर्ने बाध्यता रहेकोमा अहिले भने घरमै धारा जडान भएपछि स्थानीयवासीलाई सहज भएको छ । दैनिक दुई घण्टा पानीको जोहोमा समय बिताउने धुपुकी मञ्जु शर्मा अहिले घरमै पानी प्रयोग गर्न पाउँदा खुसी छिन् ।
त्यस्तै धुपुकै अर्का स्थानीय केदार अधिकारीले पहिले एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्ने गरेको सम्झदै भन्छन्, “अहिले बिहान–बेलुकी घरमै पानी पाइन्छ, यस परियोजनाले गाउँको जीवनशैलीमै परिवर्तन ल्याएको छ ।” धुपुका तीन मुहानमा ट्याङ्की निर्माण गरी पाइपमार्फत पानी आपूर्ति गरिएको छ । प्रयोगकर्ताले मासिक ५० रुपैयाँ तिर्ने व्यवस्था गरिएको छ । यसबाट सञ्चालन र मर्मत खर्च व्यवस्थापन हुने जनाइएको छ ।
परियोजनाअन्तर्गत ६ विद्यालयसमेतमा ट्याङ्कीसहित धारा जडान गरेको छ । यसले विद्यार्थीलाई सरसफाइको अभ्यासमा पनि टेवा पुगेको छ ।
स्थानीयवासी सुनिता राईका अनुसार परियोजनापछि महिलाको श्रमभार घट्नुका साथै बालबालिकाको विद्यालय उपस्थिति पनि नियमित भएको छ । पहिले पानीको कारण विद्यालय छुटाउने विद्यार्थी अहिले समयमा पुग्ने गरेको उनले बताए । परियोजना दिगो बनाउने उद्देश्यले स्थानीय युवालाई पम्प जडान र पाइप मर्मतलगायत प्राविधिक तालिम दिइएको छ । यो परियोजनाको अनुमानित लागत तीन करोड ८२ लाख ३५ हजार रुपैयाँ रहेको छ । अन्य वडासमेतमा परियोजना विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण