मकवानपुरमा ढुङ्गा झर्दा त्रिभुवन राजपथ अवरुद्ध
शनिबार, ३१ साउन २०८२, ०८ : ५१
सारांश
- भिमफेदी गाउँपालिका-९ लामिडाँडा नजिकै त्रिभुवन राजपथमा ढुङ्गा र रुख खस्दा सडक अवरुद्ध भएको छ।
- आइतबार राति १२:१५ बजे सडक माथिबाट ढुङ्गा खसेको हो, जसले गर्दा आवतजावत रोकिएको छ।
- ठुलो ढुङ्गाका कारण डोजरले हटाउन नसक्दा सडक खुलाउन समय लाग्ने देखिएको छ।
मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा नजिकै त्रिभुवन राजपथमा गए राति ढुङ्गा र रुख खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार राति १२स्१५ बजे सडक माथिबाट ढुङ्गा सहित रुख खस्दा आवतजावत रोकिएको हो।
उक्त स्थान भैँसे प्रहरी चौकीबाट करिब २२ किलोमिटर पश्चिम–उत्तर पर्छ। घटनापछि तत्कालै २ वटा डोजर प्रयोग गरी सडक खुलाउने प्रयास भए पनि ठुलो ढुङ्गा खसेकाले साधारण मेसिनले हटाउन नसकिएको बताइएको छ।
जिल्ला स्थित सडक कार्यालयले आवश्यक उपकरण व्यवस्थापन गर्ने तयारी गरिरहेको र बाटो खुल्न केही समय लाग्ने जनाइएको छ। त्रिभुवन राजपथ अवरुद्ध हुँदा रातिदेखि नै सवारी साधन रोकिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण