उद्योगहरूले प्रयोग गरेको विद्युत् महसुल तिर्नैपर्छ : मन्त्री खड्का
सारांश
- ऊर्जा मन्त्री दीपक खड्काले उद्योगहरूले प्रयोग गरेको विद्युत्को महसुल तिर्नुपर्ने बताए।
- मन्त्रीले विद्युत् प्राधिकरणले प्रवाह गरेको विद्युत्को महसुल नतिरेको अवस्था दुर्भाग्यपूर्ण भएको बताए।
- उनले सरकारले प्रयोग भएको विद्युत्को महसुल उठाउनुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगहरूले प्रयोग गरेको विद्युत्को महसुल तिर्नुपर्दैन भनेर सरकारले कहिल्यै नभनेको स्पष्ट पारेका छन् । विद्युत् प्राधिकरणले प्रवाह गरेको विद्युत् उद्योग धन्दाहरुमा प्रयोग भएको र महसुल नतिरेर थन्किएको अवस्था रहेको बताए ।
त्यसरी सधैँ रही रहनु दुर्भाग्यपूर्ण भएको बताए । नेपाल विद्युत् प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा शुक्रवार प्राधिकरणमा कार्यरत कर्मचारीलाई दीर्घसेवा पदक, अवकाश पदक र अमर विद्युतकर्मीलाई सम्मान कार्यक्रममा बोल्दै मन्त्री खड्काले उद्योग धन्दाहरूले प्रयोग गरे जति विद्युतको महसुल तिर्नुपर्ने बताए ।
सरकारले सधैँ प्रयोग गरेको जति विद्युत्को महसुल तिर्नुपर्ने बताएको पनि उल्लेख गरे । प्रयोग भएको विद्युत्को महसुल तिर्नुपर्दैन भन्ने कुरा सरकारको कल्पना बाहिरको कुरा रहेको उनले बताए ।
उनले भने- ‘हामीले प्रवाह गरेको विद्युत्, उद्योग धन्दाहरूमा दिएको विद्युत्को महसुल नतिरेर थन्किएको अवस्थामा छ । त्यसरी सधैँ रही रहनु दुर्भाग्यपूर्ण हो । जति प्रयोग गरेको हो, त्यो बराबरको असुल गर्न सक्नुपर्छ । त्यो तपाईंहरुको होइन, विद्युत् प्राधिकरणको काम हो । सरकारले कहिले पनि भनेको छैन । यो विद्युत्को महसुल उठाउनु हुँदैन भनेर । सरकारले यति मात्रै भनेको छ, चाहे त्यो लाल आयोगको कुरा गर्नुस्, चाहे क्याबिनेट निर्णयको कुरा गर्नुस् वा मन्त्रालयको निर्णयको कुरा गर्नुस्, खालि के भनेको छ भने मान्छेलाई अन्याय हुन दिनु हुँदैन, जति प्रयोग गरेको हो, त्यतिको असुली गर्नुपर्दछ ।’
मन्त्री खड्काले भने, ‘अहिले तपाईंले खाइरहेको खाना १ हजार, १५ सयको हुनसक्छ, त्यसको निश्चित मूल्य छ । त्यसका आधारहरू छन् । तर त्यो खानालाई ५ हजार रुपैयाँ हाल्नुभयो भने के हुन्छ ? फरक यति मात्रै हो । तिर्नु पर्दैन, उठाउनु हुँदैन भन्ने यो सरकारको कल्पना भन्दा बाहिरको कुरा हो ।’
उद्योगलाई निरुत्साहित गरेर नभई न्यायोचित प्रक्रियाबाट काम गरेर अघि बढ्न जरुरी रहेको बताए । टिओडी मिटरका आधारमा रकम असुल गर्ने उल्लेख गरिएको भन्दै टिओडी मिटर किन नराखेको भन्दै प्रश्न गरे । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण