ट्रम्प– पुटिन वार्ताबारे जेलेन्स्की मौन, डोनेट्स्कमा भीषण लडाइँ
शनिबार, ३१ साउन २०८२, १३ : २४
सारांश
- अमेरिका र रुसबीचको युद्धविराम वार्ता बिना निष्कर्ष टुंगियो, पुटिन र ट्रम्पबीच अलास्कामा छलफल भयो।
- युक्रेनी सेनाले डोनेट्स्कको केही गाउँ पुनः नियन्त्रणमा लिएको दाबी गरेको छ, जहाँ रुसी सैनिक मारिए।
- सुमी लगायतका क्षेत्रमा रुसी हवाई आक्रमण जारी रहँदा सर्वसाधारण त्रसित बनेका छन्, जेलेन्स्की मौन छन्।
कीभए । रुस–युक्रेन युद्धविरामका विषयमा अमेरिका र रुसबीच भएको वार्ता अनिर्णीत बनेको छ। अलास्कामा भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तीन घण्टाभन्दा बढी समय वार्ता भए पनि कुनै ठोस निष्कर्ष सार्वजनिक गरिएको छैन।
त्यसैबेला, युक्रेन र रुसबिचको लडाइँ अझै जारी छ। युक्रेनी सेनाले डोनेट्स्कको पूर्वी क्षेत्रस्थित केही गाउँहरू पुनः नियन्त्रणमा लिएको दाबी गरेको छ। विशेषगरी पोकरोभ्स्क क्षेत्रको डोब्रोपिल्या नजिकै भएको भिडन्तमा सयौँ रुसी सैनिक मारिएको युक्रेनको भनाइ छ।
यसअघि युक्रेनी अधिकारीहरूले सुमी लगायतका क्षेत्रमा रुसी हवाई आक्रमण जारी रहेको बताएका थिए। निरन्तर आक्रमणका कारण सर्वसाधारण त्रसित बनेका छन्। यता, ट्रम्पपुटिन वार्ताबारे अहिलेसम्म युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले कुनै प्रतिक्रिया दिएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण