ट्रम्पसँग एक घण्टा कुराकानीपछि जेलेन्स्की सोमबार अमेरिका जाने
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका छन्।
- ह्वाइट हाउसका अनुसार, ट्रम्पले नेटो देशका नेताहरूसँग पनि कुरा गरेका थिए र बेलायती प्रधानमन्त्रीले पनि ट्रम्प र जेलेन्स्कीसँग कुरा गरे।
- युक्रेनी राष्ट्रपतिको कार्यालयले जेलेन्स्कीले ट्रम्प र युरोपेली नेताहरूसँग कुरा गरेको पुष्टि गर्दै सोमबार वासिङ्टन डीसीमा भेट्ने बताए।
वासिङ्टन डिसी । अलास्काबाट वासिङ्टन डीसी फर्किँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कुराकानी गरेका छन् । दुई नेताबिच लगभग एक घण्टा ‘लामो कुराकानी’ गरेको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिएकी हुन् ।
लेभिटका अनुसार ट्रम्पले नेटो देशका नेताहरूसँग फोनमा पनि कुरा गरेका छन् । अलास्का वार्तापछि प्रधानमन्त्री केयर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गरेको बेलायती प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ। आज बिहान उनले नेटो सहयोगी देशका अन्य युरोपेली नेताहरूसँगको फोन वार्तामा पनि भाग लिए।
यसैबिच, युक्रेनी राष्ट्रपतिको कार्यालयले जेलेन्स्कीले आज बिहान ट्रम्प र युरोपेली नेताहरूसँग कुरा गरेको पुष्टि गरेको छ। कार्यालयले भन्यो, ‘यो लामो कुराकानी थियो। पहिला जेलेन्स्की र ट्रम्पबिच कुराकानी भयो, त्यसपछि युरोपेली नेताहरू पनि यसमा सामेल भए।’
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सोमबार वासिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पलाई भेट्ने बताएका छन्। टेलिग्राममा एक अपडेटमा उनले ‘निमन्त्रणाको लागि आभारी’ भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण