काठमाडौँमा एकै दिन दुई महिला मृत फेला
शनिबार, ३१ साउन २०८२, २१ : ०३
सारांश
- शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दुई महिलाको शव फेला परेको छ।
- बल्खुमा ४५ वर्षीया महिला र गोंगबुमा २६ वर्षीया युवती मृत फेला परेका हुन्।
- नवलपरासी पश्चिममा एक पुरुष पनि मृत अवस्थामा फेला परेका छन्, प्रहरीले अनुसन्धान थालेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुक्रबार दुई जना महिलाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। महानगरपालिका–१४ बल्खुस्थित बालुवा डिपो नजिक अन्दाजी ४५ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ। सोही दिन महानगरपालिका–२६ गोंगबु मित्रनगर बबालिचोकमा रहेको कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा पनि अन्दाजी २६ वर्षीया एक युवती मृत फेला परेकी छन्।
यस्तै, नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१४ खजुरेटोलस्थित सामाजिक भवनको बरन्डामा अन्दाजी ५० वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएका छन्। तीनवटै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण