अपडेट
सुक्खा पहिराेले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
आइतबार, ०१ भदौ २०८२, ०७ : ०३
सारांश
- भरतपुरमा नारायणगढ–मुग्लिन सडकखण्ड सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ।
- इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा बिहान पहिरो खसेको हो।
- प्रहरीका अनुसार दुई जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।
भरतपुर । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली घटना प्रकरण : छानबिन गर्न युवा सङ्घको माग
-
राष्ट्रियसभा बैठक : दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
-
लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने छ चालक नियन्त्रणमा
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
संसद्का दुई समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण