दुग्ध विकास संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान
सारांश
- सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।
- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २१ दिनभित्र आवेदन दिन सक्ने गरी सूचना जारी गरेको छ।
- आवेदन भदौ २१ गतेसम्म दिन सकिनेछ, र फारम मन्त्रालय र डीडीसीको वेबसाइटमा उपलब्ध छ।
काठमाडौँ । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को रिक्त रहेको महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाबाट उक्त पद पूर्ति गरिने जनाएको हो।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार, योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति भदौ २१ गतेसम्म तोकिएको छ। यदि अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिने व्यवस्था गरिएको छ।
आवेदकहरूले आफ्नो आवेदन गोप्य सिलबन्दी खाममा राखी सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कर्मचारी प्रशासन शाखामा बुझाउनुपर्नेछ।
यस पदका लागि आवश्यक विस्तृत जानकारी, योग्यता, र आवेदन फारम मन्त्रालयको वेबसाइट र दुग्ध विकास संस्थानको वेबसाइटबाट डाउनलोड गर्न सकिने मन्त्रालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण