पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा
आइतबार, ०१ भदौ २०८२, ०८ : २८
सारांश
- भरतपुरमा सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो।
- इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
- प्रहरीका अनुसार जेसिभी प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो।
भरतपुर । सुक्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको सडक बिहान ८ः१० बजेपछि दुई तर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।
सो ठाउँमा चट्टानसहितको पहिरो खसेका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण