डल्लुमा झलनाथ र प्रकाण्ड भेटवार्ता
आइतबार, ०१ भदौ २०८२, १० : १९
सारांश
- पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रकाण्डबीच भेटवार्ता भएको छ।
- भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
- पार्टी एकताका लागि समाजवादी मोर्चाका दलहरूबीच सहकार्यको चर्चा छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बिच भेटवार्ता भएको छ ।
आइतबार बिहान खनाल निवास डल्लुमा दुई नेताबिच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको बताइएको छ । पछिल्लो समय समाजवादी मोर्चामा रहेका दलहरूबिच सहकार्यलाई बलियो बनाउँदै पार्टी एकता गर्ने चर्चा भइरहेको छ ।
नेकपा एकीकृत समाजवादी, नेकपा र माओवादी केन्द्रबिच पार्टी एकताको चर्चा भए पनि एकताको ठोस प्रक्रिया अघि बढ्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण