उपचुनावको ‘फिल्ड स्टडी’ गर्न कांग्रेस महामन्त्री शर्मा रुपन्देहीमा
आइतबार, ०१ भदौ २०८२, १० : ५९
१
सारांश
- नेपाली कांग्रेसले रुपन्देही-३ को उपनिर्वाचनको फिल्ड अध्ययनका लागि महामन्त्री विश्वप्रकाश शर्मालाई पठाएको छ।
- महामन्त्री शर्माले निर्वाचन क्षेत्रमा पार्टीको अवस्था र जित्ने रणनीतिबारे अध्ययन गर्नेछन्।
- पार्टीले यसअघि उम्मेदवार र नेताहरूसँग छलफल गरिसकेको छ।
काठमाडौँ । आगामी कात्तिक १७ गतेका लागि तोकिएको रुपन्देही–३ को उपचुनावको फिल्ड स्टडी गर्न नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई रुपन्देही पठाएको छ । कांग्रेसका अर्का महामन्त्री गगन थापाले महामन्त्री शर्मा उपनिर्वाचनको फिल्ड स्टडी गर्न रुपन्देही गएको जानकारी दिए ।
कांग्रेसले केही दिन अगाडि २०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ मा पार्टीबाट उम्मेदवार बनेका केन्द्रीय सदस्य बालकृष्ण खाण, रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाण र पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पदाधिकारी बैठकमा बोलाएर त्यहाँको अवस्थाबारे जानकारी लिएको थियो ।
शर्माले त्यो निर्वाचन क्षेत्रमा पार्टीको अवस्था कस्तो छ ? उपनिर्वाचन जित्नका लागि के गर्नुपर्छ ? कस्तो नेतालाई उम्मेदवार बनाउनुपर्छ भन्ने बारेमा अध्ययन गरेर फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण