हुन त माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबिच पार्टी एकता गर्ने कुरा लामै समयदेखि चलिरहेको छ । तर पनि दुवै पार्टीका आन्तरिक कारणले एकताले निष्कर्षको रुप लिन सकेको छैन । दुवै पार्टी एकीकरणमा जाने भन्न छोड्दैनन्, तर त्यसका लागि आधार पनि तयार पार्दैनन् ।
यसैबिच, गत साउन १९ गते माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपासँग एकता प्रक्रिया अघि बढाउने निर्णय गर्यो । त्यसपछि माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भेटघाटको दौडधुपमा लागे । माओवादीले नेकपा एकीकृत समाजवादीसँग पनि एकता गर्ने बताइरहेको छ । एकीकृत समाजवादी र नेकपाका शीर्ष नेताहरुसँग भेटघाटको शृंखला बढ्दै जाँदा अब चाहिँ माओवादी केन्द्र पार्टी एकताका लागि तात्तिएको संकेत गर्छ ।
एकतालाई लिएर सुस्त देखिएको माओवादी किन एकाएक अग्रसर भयो ? नेकपासँग मात्रै होइन, एकीकृत समाजवादीसँग छिट्टै एकता गरिहाल्ने मुडमा माओवादी किन पुग्यो ?
विस्तृत भिडियोमा
प्रतिक्रिया