पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
मङ्गलबार, ०५ साउन २०८३, १२ : ४६
सारांश
- पर्वतको कुश्मा नगरपालिका–५ बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ ।
- साउन ४ गते साँझ करिब ९ बजे बागलुङ नगरपालिका–१४ घर भएका अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपालीले उक्त भिरबाट हामफालेका थिए ।
- सामान्य घरायसी विवादका कारण उनले उक्त भिरबाट हामफालेको बताइएको छ ।
पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बन्जिसाईडको भिरबाट हामफालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ ।
बागलुङ नगरपालिका–१४ नारायणस्थान घर भएका अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली साउन ४ गते साँझ करिब ९ बजे उक्त भिरबाट हाम फालेका थिए ।
सो लगत्तै उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं २५ चण्डिका गण पर्वतबाट खटिएको टोलीले फेला नपारेपछि पुनः आज बिहान उक्त गणबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्तसहित सशस्त्र प्रहरीले उनको शव करिब सवा ७ बजे फेला पारेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सो टोलीले उनको शव रोप रेस्क्यु विधिद्वारा करिब १ सय ३० मिटर तल भिरबाट झन्डै ३५ मिनेटको प्रयासमा निकालेको थियो । उनी सामान्य घरायसी विवादका कारण उक्त भिरबाट हाम फालेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण