बैंकहरुले गरे नयाँ ब्याजदर निर्धारण, भदौमा औसत ब्याजदर झनै घट्यो
सारांश
- भदौ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्, तर केही बैंकहरूले बढाएका छन्।
- व्यक्तिगत मुद्दती निक्षेपमा एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ, जबकि लक्ष्मी सनराइज बैंकको सबैभन्दा कम छ।
- नेपाल राष्ट्र बैंकको ब्याजदर घटाउने नीतिका कारण बैंकहरुले ब्याजदर घटाएका हुन्, जसले पुँजी पलायनको खतरा बढाएको विज्ञहरुको भनाइ छ।
काठमाडौँ । भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर निर्धारण गरेका छन् । बैंकहरुले जारी गरेको विवरणहरुअनुसार साउनको तुलनामा भदौमा औसत ब्याजदर घटेको छ । साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ५.६० प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरूले भदौमा अधिकतम औसत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिने भएका छन् ।
यसैगरी साउन महिनामा संस्थागत मुद्दती निक्षेपमा ४.११ प्रतिशत बिन्दुले ब्याज दिएका बैंकहरूको अधिकतम औसत ब्याजदर भदौ महिनामा ३.९६ प्रतिशत बिन्दुमा झरेको छ ।
बैंकहरुले दिएको जानकारीअनुसार एभरेस्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्रभु बैंकको भने त्यस्तो ब्याजदर बढेको छ ।
साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिइरहेको स्ट्याण्डर्ड चार्टर्डले भदौमा अधिकतम ५.१३ प्रतिशत ब्याज दिँदैछ । प्रभु बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर १.१ प्रतिशत बिन्दु बढाएर ५.३५ प्रतिशत पुर्याएको छ । व्यक्तिगत मुद्दती निक्षेपमा भदौ महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ । यो बैंकले अधिकतममा ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो । बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राख्नेमा सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेण्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोवल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, माछापुच्छ्रे र नेपाल बैंक छन् ।
यस्तो निक्षेपमा सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको अधिकतम ५ प्रतिशत रहेको छ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले नै ब्याजदर घटाउन बैकहरुलाई नीतिगत रुपमै दबाब दिँदै आएको छ । बजारमा लगानी बढाउन भन्दै राष्ट्र बैंकले लिएको नीतिले पुँजी पलायनको खतरा बढिरहेको विज्ञहरूले बताउँदै आएका छन् ।
वाणिज्य बैंकहरुले मात्रै नभइ विकास बैंकहरुको ब्याजदर भने स्थिर देखिन्छ । अधिकांश विकास बैंकले साउनकै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन् । गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक र महालक्ष्मी विकास बैंकले साउनकै ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन् । साउनमा गरिमाले ६.११ प्रतिशत, मुक्तिनाथले ६.२५ प्रतिशत, कामना सेवाले ६.१५ प्रतिशत र महालक्ष्मीले ६.११ प्रतिशत ब्याजदर कायम गरेका थिए । अन्य विकास बैंकले समेत साउनकै ब्याजदरलाई निरन्तरता दिने संकेत देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण