अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल भदौ अन्तिम साताबाट
सारांश
- अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल भदौ २२ देखि २७ गतेसम्म आरआर क्याम्पसमा हुने भएको छ।
- प्रतियोगितामा विजेताले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछन्।
- विधागततर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ, जसमा १५ भन्दा बढी क्याम्पसको सहभागिता रहनेछ।
काठमाडौँ । अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल भदौ अन्तिम साताबाट सुरु हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसको आयोजनामा प्रतियोगिता भदौ २२ देखि २७ गतेसम्म हुने आयोजक पक्षले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
प्रतियोगितामा विजेताले नगद ३ लाख रुपैयाँ पाउनेछ । त्यस्तै उपविजेताले २ लाख रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले १ राख रुपैयाँ पाउनेछ ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई छनोट गरी पुरस्कार प्रदान गरिने स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसका सभापति लोकेश खड्काले जानकारी दिए ।
प्रतियोगितामा देशभरका १५ भन्दा धेरै क्याम्पसले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिताको टिम दर्ता मिति भदौ २० गते सम्म रहेको छ ।
प्रतियोगितामा १२ भन्दा धेरै टिम भएको खण्डमा नकआउट र बेस्ट अफ फाइभ खेलाइनेछ भने १२ भन्दा कम टिम भएको अवस्थामा बेस्ट अफ थ्री र लिग खेलाइने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण