पक्राउ परेका गोर्खाली कांग्रेस महासमिति सदस्य, प्रतिनिधिसभामा भएका थिए सिफारिस
सारांश
- राजेन्द्रबहादुर गोर्खाली, नेपाली कांग्रेसका महासमिति सदस्य, बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका छन्।
- उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट कांग्रेस महासमिति सदस्यमा विजयी भएका थिए, र उम्मेदवारका लागि सिफारिस भएका थिए।
- गोर्खालीलाई १० करोडको चेक बाउन्सको आरोपमा चन्द्रागिरीको चोभारबाट पक्राउ गरिएको हो।
काठमाडौँ । आइतबार चन्द्रागिरीस्थित चोभारबाट बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका राजेन्द्रबहादुर गोर्खाली नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । गोर्खाली सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट कांग्रेस महासमिति सदस्यमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए ।
कांग्रेसको २०७८ सालमा भएको १४ औँ महाधिवेशनमा काठमाडौँबाट सिन्धुपाल्चोकमा क्रियाशील सदस्यता सारेका थिए । सिन्धुपाल्चोक कांग्रेसका एक नेताका अनुसार उनी जिल्लामा मोहनबहादुर बस्नेत विरोधी खेमामा थिए ।
केन्द्रमा भने उनले आफ्नो नेता सभापति शेरबहादुर देउवा भएको बताउने गरेका छन् । गोर्खाली २०७९ सालमा भएको निर्वाचनका लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका थिए ।
उनको नाम उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिस भएको थियो । उम्मेदवारका लागि ५ जनाको नाम सिफारिस हुँदा गोर्खालीको २ नम्बरमा सिफारिस भएको थियो ।
सूचीको एक नम्बरमा पूर्वराज्यमन्त्री विष्णुविक्रम थापा, तीन नम्बरमा शिव सुनार, ४ नम्बरमा बिलबहादुर तामाङ र पाँच नम्बरमा शंकर लामा उम्मेदवार सिफारिस भएका थिए ।
गोर्खालीलाई काठमाडौँ प्रहरी परिसरको विशेष टोलीले टिकाराम तिवारीलाई दिएको १० करोडको चेक बाउन्स भएको आरोपमा बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गोर्खालीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट जारी भएके पक्राउ पुर्जीका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले पक्राउ गरेको जानकारी रातोपाटीलाई दिए ।
काठमाडौँ महानगरपालिका वडा नम्बर–७ मा बस्दै आएका ५५ वर्षीय गोर्खाली यसअघि २०७४ र २०७५ मा पक्राउ परेर छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण