स्वास्थ्य बीमाद्वारा थप २२ स्थानीय तहका २६ अस्पतालमा सेवा सुरु
सारांश
- स्वास्थ्य बीमा बोर्डले २२ स्थानीय तहका २६ अस्पताललाई पहिलो सेवा बिन्दुका रूपमा विस्तार गरेको छ।
- सम्झौतापछि स्थानीय नागरिकले स्वास्थ्य बीमाको सुविधा सहजै प्राप्त गर्न सक्नेछन्।
- पहिलो सेवा बिन्दुको संख्या ४१७ र रिफरल सेन्टरको संख्या ८५ पुगेको छ।
काठमाडौँ, भदौ १ । स्वास्थ्य बीमा बोर्डले थप २२ स्थानीय तहका २६ अस्पताललाई पहिलो सेवा बिन्दुका रूपमा विस्तार गरेको छ ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार आइतबार सम्झौता भएपछि अब ती अस्पतालमार्फत स्थानीय तहका नागरिकहरूले स्वास्थ्य बीमाको सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।
स्वास्थ्य बीमा ऐन, २०७४ (पहिलो संशोधन, २०८१) अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एक वटा पहिलो सेवा बिन्दु स्थापना गर्ने लक्ष्यअनुसार नयाँ अस्पतालहरूलाई सूचीकृत गरिएको बोर्डले जनाएको छ ।
यो विस्तारसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पहिलो सेवा बिन्दुको संख्या ४१७ पुगेको छ भने रिफरल सेन्टरको संख्या ८५ पुगेको छ । यससँगै सेवा प्रदायक स्वास्थ्य संस्थाको संख्या ५०२ र पहिलो सेवा बिन्दु पुगेका स्थानीय तहहरूको संख्या ३७६ पुगेको बोर्डले जनाएको छ ।
सूचना अधिकारी मल्लका अनुसार यस कदमले बीमितहरूलाई घरपायककै स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण