नेपालका पर्वतारोही पाण्डेद्वारा इण्डोनेसियाको सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ आरोहण
काठमाडौँ । जलवायु परिवर्तनको मुद्दा बोकेर विश्वका सात महादेशका अग्ला हिमाल आरोहण गर्ने ‘सेभेन समिट’ अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डेले ओसिनिया क्षेत्रमा पर्ने इण्डोनेसियाको सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ (पुञ्जाक जाया) सफलतापूर्वक आरोहण गरेका छन् ।
उनले स्थानीय समय अनुसार आइतबार बिहान ९ः३० बजे शिखर आरोहण गरेको जानकारी दिए । पर्वत आरोहणको तयारीका लागि पाण्डे सोमबार काठमाडौँबाट प्रस्थान गरेका थिए ।
मलेसिया हुँदै इण्डोनेसियाको राजधानी जकार्तामा पुगेका उनले अगस्ट १४ मा हेलिकप्टरमार्फत ४ हजार ३ सय मिटर उचाइमा रहेको येलो भ्याली बेसक्याम्प पुगेका थिए । त्यहाँ पुगेर आवश्यक तालिम र अनुकूलन पूरा गरेपछि अगस्ट १६ मा पूर्ण प्राविधिक आरोहण सुरु गरी आज बिहान शिखरमा सफलतापूर्वक पुगेका हुन् ।
४ हजार ८ सय ८४ मिटर अग्लो कास्ट्रेन्स्ज पिरामिड चुनढुङ्गाले बनेको, पिरामिड आकारको र निक्कै जोखिमपूर्ण मानिने हिमाल हो । यो इण्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित छ र विश्वका सात वटै महादेशका उच्च शिखरमध्ये एक भएकाले आरोहीका लागि ठुलो चुनौती मानिन्छ ।
इण्डोनेसियापछि पाण्डेको अर्को लक्ष्य अमेरिकी महादेशको उच्च शिखर माउन्ट डेनाली आरोहण गर्ने रहेको छ । पाण्डेले यस आरोहणपछि क्रमशः उत्तर अमेरिकाको उच्च शिखर माउन्ट डेनाली,अन्टार्टिकाको उच्च शिखर भिन्सन मासिफ आरोहण गर्ने योजना रहेको बताए ।
अन्ततः नेपालमै फर्केर पुनः सगरमाथामा राष्ट्रिय झण्डा फहराउने उनको लक्ष्य रहेको छ । मकालु आउटफिटको सहकार्यमा सञ्चालित यस अभियानलाई विभिन्न पालिका,सङ्घ–संस्था तथा व्यावसायिक प्रतिष्ठानहरूले आर्थिक सहयोग तथा सामग्रीगत सहयोग उपलब्ध गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण