गोर्खा सैनिककै कारण नेपालको पहिचान विश्वभर फैलियो : कुलमान घिसिङ
लण्डन । हाल बेलायतको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले वीर गोर्खा सैनिकको योगदानको प्रशंसा गर्दै नेपालको पहिचान विश्वभर पुगेको बताएका छन्। लन्डनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गोर्खा सैनिककै कारण नेपालको पहिचान विश्वभर फैलिएको बताएका हुन्।
घिसिङले अल्डरसटस्थित प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिकमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाल र बेलायतबिचको दौत्य सम्बन्ध कायम गर्न गोर्खाहरूको ठुलो भूमिका रहेको बताए। उनले सगरमाथा, गौतम बुद्ध र गोर्खाहरूलाई नेपाल चिनाउने प्रमुख तीन चीजको रूपमा उल्लेख गरे।
उनले बत्तीको उज्यालो मात्र पर्याप्त नभएको भन्दै हरेक क्षेत्रमा समृद्धि र परिवर्तन ल्याउन आफूले 'उज्यालो नेपाल' नामक सामाजिक अभियान थालेको जानकारी दिए। यस अभियानमा विश्वभरका नेपालीलाई जोड्ने उनको लक्ष्य छ।
घिसिङले नेपालको जीडीपीको २७% योगदान रेमिटेन्सले धानिरहेको बताउँदै खाडी मुलुकबाट आउने रेमिटेन्सको ठुलो हिस्सालाई राज्यले अपमान गरेकोमा दुःख व्यक्त गरे। उनले डायस्पोरामा रहेका नेपालीहरूलाई वंशजको नागरिकता नदिएर लगानी गर्नबाट रोक्नु ठिक नभएको भन्दै विदेशमा रहेका नेपालीलाई संविधान प्रदत्त अधिकार दिनुपर्नेमा जोड दिए। उनले नेपालमा लगानीको वातावरण बनाउन सके डायस्पोराबाट ठुलो लगानी भित्र्याउन सकिने सम्भावना रहेको औँल्याए। उनले विदेशमा रहेका डाक्टर, इन्जिनियर र वैज्ञानिकहरूको सीपबाट नेपालले फाइदा लिन सक्ने बताए।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए युके) द्वारा आयोजित 'मिट एन्ड ग्रिट' कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रमुख, बुद्धिजीवी र व्यवसायीहरूको सहभागिता थियो। एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले घिसिङलाई देशको नेतृत्वमा हेर्न चाहेको बताए। अर्को एक अन्तरक्रियामा राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए युकेसँग पनि घिसिङले संवाद गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण