‘३६ को आँकडा’ मा अभिनय गर्न नेपाल आइन् निरुता
सारांश
- अभिनेत्री निरुता सिंह मुम्बईबाट '३६को आँकडा' फिल्ममा अभिनय गर्न नेपाल आइपुगिन्।
- उनले अब निरन्तर नेपाली फिल्ममा काम गर्ने र अन्यत्र नजाने बताइन्।
- फिल्ममा रेखा थापा र निरुता सिंह 'दुई पल' पछि एकसाथ देखिने भएका छन्।
काठमाडौँ । अभिनेत्री निरुता सिंह नेपाल आइपुगेकी छिन् । सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६को आँकडा’ अभिनय गर्न उनी मुम्बईबाट आइतबार राति नेपाल आएकी हुन् ।
निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू फिल्मका लागि निकै अत्यन्तै उत्साहित रहेको बताइन् । ‘अब म कहीँ पनि जाँदिनँ । म निरन्तर नेपाली फिल्ममा काम गर्छु’, उनले भनिन् ‘बिचमा मलाई कोरोना भयो । त्यस कारण, मैले फिल्ममा काम गर्न पाइनँ । अब भने म कहीँ पनि जान्नँ ।’
उनले आफू नेपाली फिल्म भन्दा टाढा बस्न नसक्ने बताइन् । बिचमा केही फिल्मबाट अफर आए पनि विभिन्न कुराहरू नमिलेर काम गर्न नपाएको उनको भनाई थियो ।
फिल्ममा निरुताको भूमिका के हो भन्ने खुलेको छैन । निर्देशक सविर श्रेष्ठले पनि निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने बताए ।
‘मैले सहायक निर्देशकको रूपमा निरुता दिदीसँग केही फिल्ममा काम गरेको थिएँ । तर, निर्देशक भएपछि काम गर्न पाएको थिइनँ । कुनै कुनै भूमिकामा विशेष कोही कलाकारको मात्र आवश्यकता पर्ने रहेछ । यो फिल्ममा पनि निरुता दिदी नै चाहिने भूमिका छ,’ निर्देशक श्रेष्ठले भने ।
फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । नायिका रेखा थापा र निरुता सिंह फिल्म ‘दुई पल’ पछि एकसाथ पर्दा शेयर गरेका छैनन् । अब भने यी दुई स्टार नायिकाले एकसाथ काम गर्दैछन् ।
सिंहले पछिल्लो समय फिल्म ‘दाल भात तरकारी’मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण