१६ विद्यार्थी सङ्गठनहरूले भने– विद्यालय शिक्षा विधेयक ओझेलमा पर्यो, अविलम्ब जारी होस्
सारांश
- विद्यार्थी संगठनहरूले विद्यालय शिक्षा विधेयक र स्ववियु निर्वाचनबारे ध्यानाकर्षण गराएका छन्।
- विद्यार्थी संगठनले सरकारलाई विद्यार्थीमैत्री शिक्षा ऐन जारी गर्न र निःशुल्क शिक्षा कार्यान्वयन गर्न माग गरेका छन्।
- शिक्षक नियुक्ति प्रक्रियालाई समावेशी बनाउन र स्ववियु निर्वाचन तत्काल गराउन माग गरिएको छ।
काठमाडौँ । विद्यालय शिक्षा विधेयक ओझेलमा परेको भन्दै शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराइएको छ ।
सोमबार नेपाल विद्यार्थी सङ्गठन अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु अध्यक्ष सुजन कडरिया, अनेरास्ववियू(क्रान्तिकारी) अध्यक्ष विजय प्रकाश शर्मा लगायत १६ विद्यार्थी सङ्गठनहरूले समिति अम्मर बहादुर थापालाई विद्यालय शिक्षा विधेयकका साथै स्ववियु विद्यार्थी कल्याण परिषद्को निर्वाचनका विषयमा ५ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
सरकारले पटक/पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि ऐन जारी हुन नसक्नु सरकारद्वारा विद्यार्थीका मुद्दा र विधेयकप्रति देखाइएको उपेक्षा भएको समिति सभापति थापालाई बुझाइएको ध्यानाकर्षणपत्रमा भनिएको छ ।
अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न संयुक्त विद्यार्थी सङ्गठनले सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग समेत गरेको छ ।
नेपालको संविधानमा व्यवस्था भएको शिक्षा सम्बन्धी हक बमोजिम प्रत्येक नागरिकले माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क प्राप्त गर्न पाउनुपर्ने व्यवस्था अविलम्ब अक्षरशः कार्यान्वयन गर्न समेत सरकारसँग जोडदार रूपमा माग गरिएको छ ।
ध्यानाकर्षणपत्र
१. सरकारले पटक-पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि ऐन जारी हुननसक्नु सरकारद्वारा विद्यार्थीका मुद्दा र विधेयकप्रति देखाइएको उपेक्षा हो । तसर्थ, अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न संयुक्त विद्यार्थी संगठन सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ ।
२. नेपालको संविधान, २०७२ को धारा ३१ मा व्यवस्था भएको शिक्षा सम्बन्धी हक वमोजिम प्रत्येक नागरिकले माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क प्राप्त गर्न पाउनुपर्ने व्यवस्था अविलम्ब अक्षरशः कार्यान्वयन गर्न संयुक्त विद्यार्थी संगठन सरकारसँग जोडदार माग गर्दछ ।
३. शिक्षा ऐन, २०२८ ले निर्माण गरेका विभिन्न प्रकारका शिक्षक र कर्मचारीहरूको उपयुक्त व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने र शिक्षकको योग्यता गुणस्तरीय विद्यालय शिक्षाको मानक भएकाले विद्यालयका शिक्षक नियुक्ति प्रक्रिया संविधानले अङ्गीकार गरेको समावेशी मूल्य मान्यतासहितको योग्यता प्रणालीमा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत मात्र हुने व्यवस्था विद्यालय शिक्षा ऐनमा सुनिश्चित गर्न संयुक्त विद्यार्थी संगठन सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ ।
४. विद्यालय शिक्षा विधेयक विद्यार्थीहरूको प्रत्यक्ष सरोकार र चासोको विषय भएकोले संयुक्त विद्यार्थी संगठनको अनिवार्य सहभागितामा सर्वपक्षीय संवाद, बार्ता र छलफलमार्फत् मात्र विधेयक अघि बढाउन सरकार, विषयगत संसदीय समिति र सम्बन्धित निकाय समक्ष संयुक्त विद्यार्थी संगठन जोडदार माग गर्दछ ।
५. त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूको ऐनमा व्यवस्था भएको विद्यार्थीको प्रतिनिधिमूलक साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन/ कल्याण परिषद्को निर्वाचन अविलम्ब सम्पन्न गर्न नेपालमा स्थापित सम्पूर्ण विश्वविद्यालय समक्ष संयुक्त विद्यार्थी संगठन जोडदार माग गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण