गौर हत्याकाण्ड प्रकरण
सर्वोच्च अदालतको आदेश विरूद्ध जसपा नेपालका कार्यकर्ता सडकमा
सोमबार, ०२ भदौ २०८२, २० : ४३
काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव मुछिएको १८ वर्षअघिको गौर हत्याकाण्डको छानबिन अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएपछि कार्यकर्ताहरूले विरोध गरेका छन् । सोमबार साँझ उनीहरुले सडकमा प्रदर्शन समेत गरेका छन् ।
गौर हत्याकाण्डका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले उनीहरूको माग बमोजिमको आदेश जारी गरेको हो ।
गौर हत्याकाण्डमा मारिएका आफन्त तथा घाइतेहरूले जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेका थिए ।
सर्वोच्च अदालतको उक्त आदेशपछि यादव अनुसन्धानको दायरामा तानिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण