नर्सिङ संघले नर्सको पक्षयमा काम नगरको आरोप

काठमाडौँ –नर्सिङ संघ नेपालले नर्सको पक्षमा काम नगरेको आरोप लगाएका छन् ।
यूर्थनर्स सञ्जाल नेपालका नर्सहरुले काठमाडौमा पत्रकार सम्मेलन गर्दै देशभरको नर्सको हितमा काम गर्छु भन्ने नर्सिङ संघ ब्यक्तिको इसारामा चलेको हुदाँ सरकारसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयनमा आउन नसकेको बताएका छन् ।
गएको माघ ४ गते बिहीबार साँझ ६ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नर्सिङ संघबी ११ बुँदे सम्झौता भएको थियो ।
गत पुस र माघ महिनामा संघको अगुवाइमा देशभरका नर्सहरू ९ दिनसम्म काम नै छाडेर आन्दोलित भएका थिए ।
नर्सहरू काम नै छाडेर आन्दोलनमा उत्रेपछि स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डाक्टर विनोदमान श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयद्वारा गठित वार्ता समिति र नेपाल नर्सिङ संघका पदाधिकारीबीच ११ बुँदे सहमति भएको थियो ।
सम्झौताको पहिलो बुदामा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट निकालिएका नर्सद्धय त्रजिता जति, सजना द्यौलाले खाईपाई आएको तलबको ७५ प्रतिशत तलब उपलव्ध गराउने र थप ३ महिनाको लागि करार थप्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिने सहमति भएको थियो ।
अस्पताल प्रशासनले नयाँ नियुक्ति दिए पनि तलब नदिएको पीडित नर्सहरुले गुनासो पोखे ।
सरकार र नसबीच भएको सम्झौताको बारेमा नर्सिङ संघका अध्यक्ष तारा पोखरेल लगायत सम्पूर्ण पदाधिकारीलाई जानकारी गराउदा खासै चासो नदिएको पत्रकार सम्मेलन जानकारी गराएका छन् ।
यूर्थ नर्सको नेतृत्वमा नर्सहरुले असार ८ गते लाजिम्पाटको नर्सिङ संघमा ताला लगाएका थिए । हिजो प्रहरी लगाएर ताला खोलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालसामु जितका लागि २ सय ९७ रनको लक्ष्य
-
निजामती विधेयकमा कर्मचारी संगठनहरूको विरोध, भाेलि संसद् गेट अगाडि धर्ना दिने
-
सशस्त्र प्रहरीका झन्डै २ हजार कर्मचारीको बढुवा हुँदै
-
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल
-
बन्दका बाबजुद साँझपख चल्न थाले सार्वजनिक गाडी (फोटो फिचर)
-
आजको समस्याको जरो : नयाँ व्यवस्था, पुरानै सोच