बिहे गर्ने प्रलोभनमा भारत पुर्याइएकी १५ वर्षीय किशोरीको उद्धार
सारांश
- टिकटकबाट चिनजान भएपछि भारत पुर्याइएकी १५ वर्षीया किशोरीलाई पर्सा प्रहरीले उद्धार गरेको छ।
- किशोरीलाई विवाहको प्रलोभन देखाएर भारत लगेको आरोपमा २२ वर्षीय युवकविरुद्ध अनुसन्धान भइरहेको छ।
- प्रहरीले किशोरीलाई अभिभावकको जिम्मा लगाएको छ, र युवक तथा उनको परिवारको खोजी जारी छ।
रौतहट । सामाजिक सञ्जाल टिकटकबाट चिनजान भई बिहे गर्ने प्रलोभनमा भारतसम्म पुर्याइएकी १५ वर्षीय किशोरीलाई पर्सा प्रहरीले सकुशल उद्धार गरेको छ।
पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर प्रकाश थापाको नेतृत्वमा गरिएको प्रयासले घरबाट हराएको १८ औँ दिनमा किशोरीलाई सीमाक्षेत्रमा फेला पारिएको हो।
गत साउन १२ गते कटहरिया नगरपालिका–४ निवासी सो किशोरीलाई २२ वर्षका युवकले ललाइफकाई मोटरसाइकलमा लगेर भारत पुर्याएको परिवारले जनाएको थियो। खोजतलास गर्ने क्रममा अभिभावकले सिसी टिभी फुटेज र टिकटकमा राखिएका फोटोमार्फत खोजी गरेपछि उनी पर्सा–पटेर्वा सुगौली गाउँपालिका–७, रघुनाथपुरसम्म पुगेको पत्ता लागेको थियो।
तर, बालिकाको अवस्था सार्वजनिक हुने बित्तिकै मुस्लिम समुदायका युवकको परिवारले उनलाई रातारात भारतको बिहारस्थित रामनगरमा आफन्तको घरमा लुकाएको अभिभावकले बताएका छन्।
उद्धार गरिएको बालिकालाई प्रहरीले रातोपाटीकर्मी सञ्जय मिश्रा र स्थानीय सञ्चारकर्मी प्रमोद कुमार यादवको रोहबरमा अभिभावकको जिम्मा लगाइएको छ।
इन्स्पेक्टर थापाले भने, “बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ। तर किशोरीलाई भगाउने युवक र उनका परिवारविरुद्ध थप अनुसन्धान जारी छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण